सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार विभागले पत्रकार सम्मलेन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो ।
विज्ञप्तीमा लेखिएको छ,‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशब्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७ औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ ।’ विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिका स्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ । यस दिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामबद्ध भई भूकम्प सुरक्षा प्यालीमा भाग लिनेछन् । कीर्तिपुरको पाँगा दोबाटोबाट शुरु भएर उक्त पाँगा बसपार्क, लाछी भ्यावं, नगाउँ, खसी बजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कूल, नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने छ ।
कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने बिभिन्न संघसस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।
भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरुको सक्रियतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरी नै गोष्ठी, छलफल, व्याली, अन्र्तक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रहरु, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरु लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु आयोजना हुने पनि विभागले जनाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_q65MvYaUsL_a8an6fx2lvpusbbvi0xixpt2znhjzvcmeq8pemjqg4n3xh3zsfzskceeupfi.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_71pQ25EiB4_rniewilaoxamf61eag1ecs5x3ncwaafcd2ve3iyrymd1icavn3d7mmosunkq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_E1zzLw7kEh_jr2cgypepawzppuokfgaut9upscc1kyqfqweqz1bef0m3vqdodhgcqydpbx6.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ITJlmbnzcP_5dvckt9vdepakqkhf9bhfaheeibbbr5z7ff9wblocoqo1tx9xnifojehlj5p.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_06vdzzPGwO_bd8ia189wh8uc1myzjinooxo1at9dnktfmfrx3qisn9ohjrndnar9ypnttl9.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_vUfM9x1GWy_ydrutsjthhljci9lqwszuappdc5k7z8entebn5lo4vbfc6nevcpyeyezdz8d.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_AcDc0GYCs0_qszmcent2yddqt3jwfuogk4bqxssevel7ch4ccpe439biyhmcy7kshh23d5z.jpg)
प्रतिक्रिया