एनआरएनएले बैंककमा अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने
_Ml5rNCqkne_iekhdst8ar76zehsqkcmuhxcwdvbzegpmmup8tzpmmamdja6olbog1vnxubh_6unlUJmmrB_fg5gikikcqexasr3f23gkhcd5bj3ehezcj260nqtjwzqyhng3o1o5mdpicpb.jpg)
काठमाडौं ।
डा.बद्री केसी अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गैरआवासीय नेपाली संघले ‘युवाहरूलाई सशक्तिकरण गर्दै, नेपाली मूलका नेपालीको भविष्यलाई आकार दिँदै’ भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सम्मेलन थाइल्याण्डको बैंककमा १५–१६ मार्च २०२५ मा आयोजना गरिनेछ । नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् र नेपालका स्थानीय युवाहरूबीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ ।
सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिम्खडाको निर्देशकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको छ । सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।
यसैबीच १८–१९ मार्च २०२५ मा कम्बोडियाको नोम पेन्ह सिटीमा १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ । यसपटक संघले एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘संगम’ नामाकरण गरेको छ ।
उक्त अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओज्का माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैगिंक समानता साथै गैरआवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र उक्त महादेश भित्रका विभिन्न एनसीसीहरुको सिकाई, अनुभव र आपसी सहकार्यका बिषयहरुको पहिचान गर्दै अघि बढ्न सहयोग मिल्ने गरी कार्यक्रम तय गरिएको छ ।
दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनीधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पुर्वअध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपुर्वका देशहरुबाट समेत गरी करिब तीनसय प्रतिनिधीहरुको सहभागिता रहनेछ । विभाजित अवस्थामा रहेको एनआरएनएको केसी पक्षले सम्मेलनहरु गर्न लागेको हो ।
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_QK8ZN9xeH9_xbse9uhyysr322rm8ob65s76n9tf2mn908rbsslrzndnozjsvhujibv321wp.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_o4DKTDlb5D_mtwlxpabk0pkytgiiepjkdxz1i6o5kj086tsgtqbeojtggl6jlkrl7eydndc.jpg)
बिरगन्जमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी
_1LdSFIPg9a_r7kinwpivsqbyf2d4poxxagidlqyacgfseicevx61cpttmm76quggyx2sttq_byUzHrdcWq_ca26hdrmoizgnusbaanwphmswtd3iyery94jsvtwucueez6lfe7qa65qrqcv.jpg)
नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै
%2520(9)_kpiD5nC5kb_onala5lkx33t8ykcoq57clbsf5clp56u7urufuek4yvoueaimtdebh4xntzd_S4g0sUCiCa_nsq8o6zkuzoo0z4jnguflbpqedar0fgf3xkm3h8a2fjgjbhq0fmdmxxht9m2.jpeg)
कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
%2520(13)_ohOE7DaTLE_usf5xfpl7afxr8i0ljsszzmt2dipoyf5l3z4ha2hxya4tioh83yd3qdmgc8g_ncnJ6DwPOA_s3aaicnrb3texyobgfncw5mtse3gpdw2bibscsjnvrgdc4pdjppfuqx8onsz.jpeg)
कफ्र्युले बिरगंज सुनसान, सेना परिचालन
%2520(1)%2520(5)_vv00BYVTNA_mk8ey1lih5qho7zt0exbyfmehatklandlw5xuezw6u3ptg7qlbbvercvhm0y_ZXjqJuTOPR_br4cjfyszqo95g6u77vfivvp9asuqytomwne9q79slc9fz2u1pjltzvmw9jt.jpg)
ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री एबम् माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलल…
%2520(5)_f3PuDWnlYu_lpmggtq9d3byeicklclkaumvftrie210zrebn82jiydw7ls2efms2vblfoag_6y3c00qulu_si0ymqyorsw9fywbbcdmrsohsmpfslpozxhjhdz2bbeuphpgcni6wxf0ckoi.jpeg)
प्रतिक्रिया