दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै महानगरपालिका, वडा नं. ७ मा फायर फाइटिङ पाइपलाइन जडान
काठमाडौं ।
काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्र कुमार भुजेलले बताए । उनले भने, ‘साँघुरा गल्लिहरुमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्र्तगतका बजेटहरुबाट फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको हो । विभिन्न वडाहरुमा जहाँ दमकल जान सक्दैन । जसले आगलागि हुँदाखेरी आगो निभाउका निम्ती पानिको अत्यन्त आवश्यक हुन्छ ।
पानिलाई निकाल्नको निम्ती ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’साथै उनले आगो निभाउनका लागि धेरै गल्लिहरुमा ड्राइ राइजर राखिएको बताए । उनले वडा नं. १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।
प्रतिक्रिया