देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा
_FSf4P2MkJG_kx2d6g3uxrdsmnwis9bwcjlwhgkfuci2its2m1mh9qbtc0bfkbloaiadj19u_TUHSeZI4Az_9c10jalsetzh3ohlmsaq8d3qw1cl6rpzpmembprfejcm96vmbnxdjzlklmqi.jpg)
काठमाडौँ ।
विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुगेकी छिन् । माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आएकी हुन् ।आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए । देवी प्रतिभाले सोमबार दिउँसो ३ बजे भरतपुर महानगरपालिका १ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
‘प्यार से बोलो ना’ थेगोमार्फत चर्चामा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भररहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया उनी धेरैको रोजाइमा परेकी कथावाचिकाको रुपमा पर्छिन् । देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा इश्वरकृष्ण महाराजजी, ओम प्रकाश गुरु, यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।
माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_eVosQeBBUD_mxwanutnlypvj3w76xfm07qdohtykqdamifz10vhm9ggpfrvx2yd9xatnvu8.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_wrN6xrYoEL_tuzoobsaemaqbiwax8r6yetpt41npqneq35e8zalohir8nbgo9vf6yorvqgz.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nEye3ALqjA_65xve4n5yizjridnofrgwl9y1asmz40gnwwbivxcounlhajx4hgykxjrrzul.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_3Afcz9VZ0f_kpm98mcznea2reid9kq3llkvhhdeabn1ejz4vr0fa3ffmjojvthgqgswulhp.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_d0ukBL5bak_9muofbyrxnbh0cokzlumutf8eij0gpdri3r9drscevy8gpcmwscky94ejzwr.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6Y2DAeo3uk_sbmwzhkpimnbkcdlpz48lsamomyzdmliyrpnuhcscvjeq3ouotn9or4vfuv5.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_41559TLJ4m_mkorxnbp0djbpnrjgcz71j7ubr8kndvrkim4tg2ektahxhzlhjx8tmm1tlfb.jpg)
प्रतिक्रिया