पोखराको स्वागत गेट भत्काइएकोमा मेयर आचार्यलाई धम्कि

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ। पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले ऐतिहासिक स्वागत गेट भत्काएको हो । पोखरा महानगरपालिकामा केही दिन अघि भएको सर्वपक्षीय बैठकको सहमति बमोजिम उक्त गेट भत्काइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए। विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको मेयर आचार्यले बताए । तर उक्त स्वागत गेट भत्काइएकोमा सामाजिक संजालमार्फत आफुलाई धम्कि आएको पनि मेयर आचार्यले दाबी गरे।
उनले उपयुक्त स्थानमा उचित समयमा ऐतिहासिकता कायम नै रहने गरी स्वागत गेट पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए। मेयर आचार्यले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड आगामी तीन महिनाभित्र एकतर्फी बनिसक्ने दाबी गरे। उनले त्यसका लागि ठेकेदार कम्पनीलाई दबाब दिने काम भैरहेको बताए।
मुग्लिन–पोखरा यसै क्रममा पृथ्वी राजमार्गको एकतर्फी मार्ग विस्तार तीव्र गतिमा अगाडि बढाइएको छ।
पोखरा महानगरपालिकाले सबै सरोकारवालालाई विकास र पूर्वाधार निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा साथ दिन आग्रह गरेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_qAi6ETpUx4_p5ivqlqtzftkd5lqaoa5ryw0tegshuitg2mf3dlpudclwgbqkledapmth4jh.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_71pQ25EiB4_rniewilaoxamf61eag1ecs5x3ncwaafcd2ve3iyrymd1icavn3d7mmosunkq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_E1zzLw7kEh_jr2cgypepawzppuokfgaut9upscc1kyqfqweqz1bef0m3vqdodhgcqydpbx6.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ITJlmbnzcP_5dvckt9vdepakqkhf9bhfaheeibbbr5z7ff9wblocoqo1tx9xnifojehlj5p.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_06vdzzPGwO_bd8ia189wh8uc1myzjinooxo1at9dnktfmfrx3qisn9ohjrndnar9ypnttl9.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_vUfM9x1GWy_ydrutsjthhljci9lqwszuappdc5k7z8entebn5lo4vbfc6nevcpyeyezdz8d.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_AcDc0GYCs0_qszmcent2yddqt3jwfuogk4bqxssevel7ch4ccpe439biyhmcy7kshh23d5z.jpg)
प्रतिक्रिया