देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली
%2520(10)_Pvvb5WaEf0_ihjoqloahzlpnhdtohrc0gniwnbwdamab5whybu2zjrph5ayiayxw5tpjpcy_EsxwjptdXB_b9hmzcokpbklyxe8yszf1jmmd43zr3iu8qpbcpz6ef66o25elwbqulztyajm.jpg)
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरु स्वागतयोग्य भएको अवगत गराएका हुन् ।
निजी क्षेत्रका प्रतिनिधिले कोभिड १९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे । उनिहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन योगदान मिल्ने बताए ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएकाले थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने क्रममा रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने आयात भन्दा पनि नगर्नुपर्ने आयात बढि गरिरेहेको बताएका छन् । बुधबार उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा प्रधानमन्त्रीलाई धन्यावाद दिने कार्यक्रममा बोल्दै उनले देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्रको बारेमा जति मलाई थाहा छ त्यो भन्दा बढि उद्योगी व्यवसायीहरुलाई थाहा छ । खासगरी अर्थतन्त्रको मौद्रिक नीति कस्तो छ ? हाम्रो लगानीको स्थिती कस्तो ? आयातको स्थिती के छ ? निर्यातको स्थिती के छ ? के के क्षेत्रमा आयात हुन्छ र के के क्षेत्रमा निर्यात हुन्छ । कुनकुन आयात अनिवार्य र उपयोगी आयात हो त्यो नगरी हुँदैन हाम्रो विकासका लागि । त्यो चिजलाई बढावा दिनुपर्छ । आयात घटाउने भनेका छौं हामीले केही आयात नगरी हुँदैन । तर हामी गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढि गरिराखेका छौँ। हामी त उपभोक्ता बजारको रुपमा छौं । त्यसकारण उपभोक्ता बजार भन्दा हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्छ ।’
साथै उनले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको समेत भूमिका जरुरी रहेको बताए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_IKOF2mKkiM_jza5hra8fdbc3lpzjdsqzg1bvel46eh16q2zxq80n2barchevrzlrr9dyan0.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_qvB2fEiyDW_87girnrk4col3dd1szn4pckcsxuxgfo9i3ol3fix6y1kqy5lyk7cqsou30io.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_D2JAHweFWO_lhevsmkg8max23r4xruuykgam1r33ljia4tvfnf3kxhnhagm4mzh2jc7sym7.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_6814rJCwsI_3qkirg51bdllft8knmmpsqdn6hoduu88ycqkt45lzkp81pjbwz4hvxzgovr0.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_oxk6S7RVSP_q4ppanjxnqihc47gxswqwxas60showfvdjuygk1xz1lajz3rvpkvft1lwexu.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_BXXAS0rVok_zfgqzdb3equjgmsiyd61y0jbzo7oaglh0ehwabaqs0vgx7gdz6z0syren82l.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_a1oymKWskh_uaxvgt2qi9dgqwdu6yeb1gxtrlgfes9mtgwn3xt1uciv95wkvglxgjajgdjs.jpg)
प्रतिक्रिया