एलजीविटीआइक्यू अधिकारकर्मी लामामाथि दुब्र्यवहार : ‘प्रहरी प्रशासनले नै अधिकार खोस्यो’
_Jh26yS5JAn_wupvdvvokwpbay32xvsky8n5fhork9pvqv2mgednyqc0izio79mv5cbzmafz_QqUNm0zaZ7_eoqbxfd9bvqlgxfts0bkcyofodjj8ljz291ugs0nvuklhngpyih3xdhyeisk.jpg)
काठमाडौं ।
यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय(एलजीविटीआइक्यू)को अधिकारका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामाले आफूमाथि प्रहरी र स्थानीय युवाहरुले दुव्र्यवहार गरेको बताएकी छिन् ।
चितवनको नारायणी पुलछेउमा आफूमाथि भौतिक आक्रमण समेत भएको र खुट्टामा चोट समेत लागेकाले उपचार गराइरहेको जानकारी दिइन् ।
‘२०८१ साल पुष २५ गते राति २ः०० बजेदेखि ३ः०० बजेको समयमा फायर क्लब, चितवनबाट फर्कंदै थिएँ । सोहीबेला नारायणी पुल क्षेत्रको छेउमा एलजीबीटीआईक्यूएं समुदायका केही व्यक्तिहरूसँग चिया पिउँदै कुराकानी गरिरहेको थिएँ । यही क्रममा अप्रिलिया स्कुटरमा आएका दुईजना युवाहरूले मलाई र समुदायका व्यक्तिहरुलाई अपमानजनक शब्द प्रयोग गर्दै दुव्र्यवहार गरे । मैले उनीहरूलाई यस्तो शब्द प्रयोग नगर्न आग्रह गर्दा उनीहरू झन् आक्रामक भए । मैंले घटनालाई सुरक्षित राख्नका लागि आफ्नो मोबाइलबाट भिडियो खिच्न थालेपछि उनीहरू भागे,’उपचारका क्रममा रहेकी उनले भनिन्,‘ घटनाको छेउमा रहेका दुईजना प्रहरी हवल्दार र सहायक हवल्दारले केहीपनि प्रतिक्रिया दिएनन् । मैंले सहयोगको लागि धेरै पटक अनुरोध गर्दा पनि उनीहरूले कुनै प्रतिक्रिया दिएनन् ।’
‘मैंले उहाँहरुसँग सहयोग माग गरें । तर उल्टै अपमान गर्दै ‘चोर’, ‘वेश्या’ ‘छक्का’ जस्ता शब्दहरु प्रयोग गरे । जब मैंले आफ्नो परिचय, आफ्नो संस्थाको पद र चितवनमा फिल्म सुटिङको उद्देश्य प्रष्ट पारेँ । उनीहरूले मेरो परिचयलाई बेवास्ता गरे । उनीहरूले थप प्रहरी बल बोलाएर लाठीचार्ज गरे,’ उनले अगाडि भनिन्,‘ घट्नाबाट जोगिन खोज्दा म चिप्लिएर लडें, या कसैले मलाई पछाडिबाट धकेलेको कारणले म घाइते भएँ । मेरो साथीहरूले एम्बुलेन्स बोलाएर मलाई चितवन मेडिकल कलेजमा उपचार गराउन लगे। मेरो खुट्टामा प्लास्टर गर्नु परेको छ र खुट्टाको चारवटा स्थानमा चोट लागेको छ । घटनापछि मंैले आफ्नो झोला लिन सफल भएपनि, मेरो मोबाइलमा रहेका सबै भिडियो प्रमाण प्रहरीले मेटाएका रहेछन् ।’
प्रहरी प्रशासनबाटै यस्तो अभद्र व्यवहार भएपछि संविधानद्वारा सुनिश्चित गरिएको मानव अधिकार र स्वतन्त्रताको स्पष्ट उल्लघंन भएको उनले बताइन् । ‘घटनामा, प्रहरी हवल्दार र जवान हाम्रो समुदायका सदस्यहरूप्रति अपमानजनक व्यवहार गरेका मात्र होइन, मानव अधिकारको हनन् गरेको प्रष्ट भएको छ । प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिइ न्याय दिने आफ्नो दायित्वप्रति असंवेदनशीलता देखाएको छ,’ उनले भनिन् ।
घट्नाका कारण आफ्नो संस्थाका गतिविधि र समूदायका लागि हुने कार्यक्रमहरुमा आफू जान नसक्ने अवस्था रहेको उनले सुनाइन् । संस्थाको अध्यक्ष छु तर अहिले दुई महिनासम्म शय्याशायी हुनुपर्ने अवस्था आएको छ। मेरो खुट्टामा प्लास्टर गरिएको छ, जसका कारण म कुनै बैठक वा कार्यक्रममा जान सक्दिनँ । मेरो आर्थिक अवस्था गम्भीर रूपमा प्रभावित भएको छ । विशेषतः, म मायाको संसारको बैठक र कार्यक्रमहरूमा सहभागी हुनका लागि ह्वीलचेयरको आवश्यकता छ । तर, हाम्रो संस्थासँग ब्हीलचेयर किन्न प्रर्याप्त स्रोत छैन्। यस्तोबेला सबैको सहयोग आवश्यक छ,’ उनले घट्नाबारे प्रष्ट पारिन् ।
घट्नाबारे छानविन गर्न भन्दै अध्यक्ष लामाले जिल्ला प्रशासन कार्यालय, चितवनमा निवेदन दिएको र प्रशासनले घटनाको छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखिसकेको बताइन् । ‘मैले जिल्ला प्रहरी कार्यालयका डिएसपीसँग छलफल गरेँ । तर, बैठकको क्रममा डिएसपी सरले मेरो फोटो र भिडियो खिचिरहनु भएको देखेर मलाई झनै असहज लाग्यो । म कुनै कानूनी प्रक्रिया भन्दा माथि छैन र यस्तो व्यवहारले मलाई प्रहरी प्रशासनप्रति असुरक्षित महसुस गरायो,’ उनले विज्ञप्तिमार्फत नै भनेकी छन्,‘यदि यस्तै घटना कुनै प्रहरीहरुमाथि भएको भए उनीहरूले तुरुन्तै अपरेशन गरेर दोषीलाई पक्राउ गर्थे र चाहे त्यो एलजीबीटीआईक्यूए समुदायसँग सम्बन्धित होस् वा अन्य समुदायसँग, कडा कारबाही गर्ने थिए । तर, हाम्रो समुदायले प्रहरी प्रशासनसँग न्यायको अपेक्षा गर्न कठिन छ । यस्ता घटनाले हाम्रो समुदायलाई अझ कमजोर बनाउँछ । यस्ता घटनाले हामीलाई अन्याय सहन बाध्य बनाउँछ र प्रहरी प्रशासनबाट न्यायको आशा कमजोर बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_eVosQeBBUD_mxwanutnlypvj3w76xfm07qdohtykqdamifz10vhm9ggpfrvx2yd9xatnvu8.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_wrN6xrYoEL_tuzoobsaemaqbiwax8r6yetpt41npqneq35e8zalohir8nbgo9vf6yorvqgz.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nEye3ALqjA_65xve4n5yizjridnofrgwl9y1asmz40gnwwbivxcounlhajx4hgykxjrrzul.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_3Afcz9VZ0f_kpm98mcznea2reid9kq3llkvhhdeabn1ejz4vr0fa3ffmjojvthgqgswulhp.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_d0ukBL5bak_9muofbyrxnbh0cokzlumutf8eij0gpdri3r9drscevy8gpcmwscky94ejzwr.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6Y2DAeo3uk_sbmwzhkpimnbkcdlpz48lsamomyzdmliyrpnuhcscvjeq3ouotn9or4vfuv5.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_41559TLJ4m_mkorxnbp0djbpnrjgcz71j7ubr8kndvrkim4tg2ektahxhzlhjx8tmm1tlfb.jpg)
प्रतिक्रिया