रामेछापको उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पिएसटी अभियान
_SLGDMgZLQo_pu9widximcsrp8pmyyg0etxtnaf1sl3liirfrxuttpf608xv1fzhjsiuw0pg_9cwT7uU10c_s59ktvawnjyku96jqbt3vu8dn2luxkl4x8g6rnnnb9o9r0zcsmbygs8zh8ps.jpg)
रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभियान (पिएसटी) अभियान सुरु गरेको छ । गाउँपालिको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाका अनुसार गाउँपालिका अध्यक्ष शेरबहादुर सनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधि समेतको उपस्थितिमा गाउँपालिकाका सबै वडामा सो अभियान सञ्चालन गर्न लागिएको हो ।
सात वटा वडा रहेको सो गाउँपालिकामा प्रत्येक वडामा एउटा माध्यमिक तहको विद्यालय रहेका छन् । वडाको स्रोत केन्द्रको रूपमा रहेको विद्यालयमा वडामा रहेका सबै विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक र सरोकारवालाको भेलामा अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।
सामुदायिक विद्यालयको गुणात्मक विकासका लागि ‘हाम्रो विद्यालय, हाम्रो जिम्मेवारी, हामी सुधार्छौँ हाम्रो विद्यालय’ भन्ने नाराका साथ सो अभियान सुरु गरेको उनले बताए । उमाकुण्ड गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सुरु गरेको सो अभियान अन्तर्गत वडा नं ७ र ६ मा कार्यक्रम सम्पन्न भएको शेर्पाले जानकारी दिए । ती कार्यक्रममा अभिभावहरूको उत्साहजनक सहभागिता रहेको र शिक्षा गुणस्तर सुधारका लागि निकै रचनात्मक सुझाव आएको उनले बताए ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र नियामक निकाय सबैको सहकार्य आवश्यक रहेको बताउँदै शेर्पाले विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउन कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने अपेक्षा राखिएको जानकारी दिए । यो कार्यक्रम गाउँपालिकाको नयाँ कार्यक्रम भएकोले यसको उपलब्धिको आधारमा थप कार्यक्रम बनाइने उनले बताए । कार्यक्रमको सहजीकरण वृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले गरिरहेका छन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_eVosQeBBUD_mxwanutnlypvj3w76xfm07qdohtykqdamifz10vhm9ggpfrvx2yd9xatnvu8.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_wrN6xrYoEL_tuzoobsaemaqbiwax8r6yetpt41npqneq35e8zalohir8nbgo9vf6yorvqgz.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nEye3ALqjA_65xve4n5yizjridnofrgwl9y1asmz40gnwwbivxcounlhajx4hgykxjrrzul.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_3Afcz9VZ0f_kpm98mcznea2reid9kq3llkvhhdeabn1ejz4vr0fa3ffmjojvthgqgswulhp.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_d0ukBL5bak_9muofbyrxnbh0cokzlumutf8eij0gpdri3r9drscevy8gpcmwscky94ejzwr.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6Y2DAeo3uk_sbmwzhkpimnbkcdlpz48lsamomyzdmliyrpnuhcscvjeq3ouotn9or4vfuv5.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_41559TLJ4m_mkorxnbp0djbpnrjgcz71j7ubr8kndvrkim4tg2ektahxhzlhjx8tmm1tlfb.jpg)
प्रतिक्रिया