धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर


काठमाडौं ।

काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम संरचना भत्काउने काम सुरु गरिएको छ । उपत्यका विकास प्राधिकरणले डोजर लगाएरै भवन भत्काउन थालेको हो ।

 आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ । चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ । मापदण्ड विपरीतको संरचना र सरकारी जग्गा अधिक्रमण गरिएको भन्दै प्राधिकरणले एक्सन लिएको हो ।
 

प्रतिक्रिया

सम्बन्धित