रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै

काठमाडौं, 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । लामिछाने रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी जारी भएपछि यसअघि उनलाइ कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटेपछि उनीविरुद्ध मुद्धा दर्ता गरेको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा अदालतमा पनि बयान दिन बाँकी नै छ । रूपन्देही अदालतमा बयान दिनका लागि लामिछाने हिजो नै बुटवल पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित