एटीएम चोरीको क्रममा एकजना पक्राउ
काठमाडौं ।
एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ ।
मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ ।
वित्तका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’
प्रतिक्रिया