राम जानकी मन्दिरको पुन : निर्माणको काम हुदै


रौतहट ।

रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा श्री राम जानकी मन्दिरको पुन निर्माणको काम भैरहेको छ । गरुडा नगरपालिकाले जीर्ण अवस्थामा पुगेको यो मन्दिरलाई नयाँ स्वरूप दिनका लागि ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । 
 सो मन्दिरको ऐतिहासिक धार्मिक महत्व रहेकाले पुन: निर्माणको काम थालिएको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए । उनका अनुसार मन्दिरलाई आधुनिक शैलीमा भव्य तथा आकर्षक बनाइने छ । यो मन्दिरले धार्मिक पर्यटकको आगमन बढाउनेमा उनले विश्वास व्यक्त गरे । 

दशकौँ पुरानो मठ जीर्ण बन्दै गएपछि दैनिक पूजा, सत्संग, तथा अन्य धार्मिक क्रियाकलापमा कठिनाइ  भएको थियो । अब यो मन्दिर  पुनः निर्माण भएपछि दैनिक पूजा अर्चना, प्रवचन, भजन कीर्तन, धार्मिक सभाहरू, विवाह, यज्ञ जस्ता कार्यक्रमहरू सहज हुने स्थानीयको भनाइ छ । 

यो मन्दिर पोठियाही गाउँका साथै वरपरका क्षेत्रका धार्मिक आस्थाका केन्द्रहरूमध्ये एक हो ।  धार्मिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्दिर पुनर्निर्माणको काम थलिएको गरुडा नगरपालिकाले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित