काठमाडौं महानगरमा प्रारम्भिक बाल विकास कक्षा, एकै दिन ९७१ जना भर्ना

काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् । यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन् । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन् ।
सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन् । ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय, कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भए ।
यस्तै नीलवाराही माध्यमिक विद्यालय, टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय, व्रह्मटोल, सितला माध्यमिक विद्यालय, बालाजु हरेकमा ४० ÷ ४० बालबालिका भर्ना भएका छन् । प्रारम्भिक बाल विकास कक्षाहरुमा बाल केन्द्रीत सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँगको स्कूल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरुको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाहरुको स्तर वृद्धिमा काम भइरहेको छ ।
यसअन्तर्गत विद्यार्थीहरुको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ ।
यस्तै शिक्षकहरुलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ । यसपछि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ ।

बालबालिकाहरूले होली खेल्दा अपनाउनुपर्ने सावधानीहरू
_fH6pRodMrR_fcosoha0proq1geka3tun0uhrvd0vdyirr1jhdqkxodt1tavi21uc3hqqlg1_Xf2Kyx991q_klwoje3g2opqwryvwc6chwtufqqui3flzysgrvfo1ocqbe45bcskcysiuxcs.jpg)
मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै
%2520(37)_8PxaDywjXB_ygalsm5efctov4ofufwtobirdf5wuq6xcwchqwpdpypjx5fghiwzurtut1li_DyVGXttoB6_tb9wfwrdr7bilwadwoddxfuksnxfhnoplqker6seolge3avniw6fil4apwgu.jpg)
विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर (फोटोफिचर)

जनप्रेमी वर्ल्ड स्कूलद्वारा स्प्रिङ फेयर २०८१ आयोजना, आर्टशाला नेपालको विशेष सहभ…
%2520(3)_Q0yx4ijwzH_tz9taxctqkjxc3mswphqchspjwbf8n0p69hiynia8ogd05p4cdfync7yergh_Oye7mU38vY_jr74epczoopdn99ya0zv9g18ojvoyugel8cyh1xdfcmtnqtg9ashketolqd6.jpg)
प्याबसनको नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथग्रहण

नविन ज्योतिका संस्थापक प्रधानाध्यापक महतो राष्ट्रिय शिक्षा सम्मानद्वारा सम्मानित

मैपि सिटी स्कुल मा भव्य STEAM फेस्ट सम्पन्न!
%2520(36)_QDmni4HBzZ_80evlbky9ilagofn1vx7bn4buzy974drseds5nphm1lxyvqz1frwbw1jidqh_UDITzaAhMg_pzubksoaw3lanbh8m4zaqpcgdpytlovql1qrmughlrmwq0iz5nhmkj1ny775.jpg)
प्रतिक्रिया