काठमाडौं मन्टेश्वरीका विद्यार्थीले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
काठमाडौं,
काठमाडौं मन्टेश्वरीका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
नेपालटारमा रहेको यस मन्टेश्वरीका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् ।
मन्टेश्वरीका संस्थापक ईश्वरी लामिछानेको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले बिहीबा म्युजियममा शैक्षिक भ्रमण गरेको हो ।
भ्रमण टोलीमा शिक्षकहरू लामिछाने, सुरेश गुरागाईं, संगिता पौडेल, कविता नेपाल, सुनिता पौडेल, रिसिका घिमिरे, मिना भण्डारी लगायत सहभागी थिए ।
अवलोकन पश्चात् लामिछानेले म्युजियममा शिक्षक तथा विद्यार्थीहरूले निकै नै मनोरञ्जन लिएको प्रतिक्रिया दिए । उनले विद्यार्थी र शिक्षक दुवैका लागि सो म्युजियममा रहेका कलाहरू नौलो र मनमोहक भएको समेत उल्लेख गरे ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया