जलनपीडित बिरामीको उपचारबारे मन्त्री पौडेलले भने : सुविधाको दुरुपयोग नहोस
%2520(19)_3H1Hg3PCJK_wjket3voetxsvkukkxt5hgcdh4euqexduelumimvpheqsg2vrxkginp7vir5_DhA0c2NGUu_exy9kdgmytm59kn5kwrbagqv5ge9mg56uw4pqwfmco7npzhvfw19wrxpwj1k.jpg)
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
काठमाडौं २८ कमलपोखरीस्थित एक मःमः आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरुको उपचार अवस्थाबारे जानकारी लिंदै मन्त्री पौडेलले बिरामीहरुका गुनासा सुने । मन्त्री पौडेलले अस्पतालका अधिकारीहरुसँग अन्र्तक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे । सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौं, मन्त्री पौडेलले भने, सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।
उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरु तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए । मन्त्री पौडेलले भने, जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौं ।
मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरुको निःशुल्क उपचार भइरहेको छ ।
मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चोधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो ।
करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
%2520(27)_8GYBkUwY7G_exxo89anc0byz2fip1ltprwww5ve9ji99fajuwg5jgz0tz2eojt8ytu0i5cp_wZxeSJAlPO_q8lmo7h24saaavsbqteqle4cyjqvxhnjmmzwm4miiphuqw8wloeoyyaqftcs.jpg)
नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर
%2520(1)_xVGrKTvHKy_mhqijagd61dpfwcm0gxkarukmuxbnoxdambcl6npeczmfrshwcleeawwq0nf_fXzi8nBB2u_jtefun7orxzgv6ygm5j1aacvfumog5ila3eqnsmueidc0vmboycpactjpx5z.jpg)
वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् : चन्द्र भण्डारी

अनिता मिलन एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

कलाकार जितु नेपाललाई मातृशोक
%2520(7)_AXHYHdVhYK_tc3jw5kngfxc15a8dmyf1cufagwixynfzji30noextwamskio1dmlbdrxb5u_JlTm5GSeTD_cpomuv94emvgfjjqs2rhruoh5okixsarsllt8svvwozbsrneove81cdlnuiw.jpg)
प्रतिक्रिया