सामाजिक संजाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघ सडकमा
_mOaBruej2V_2hhkuc6npt2ah7gcbekmhrssukpfahflnxbp2nubmd7ulov1utzu0xv65gzv_ebKdcygOy1_jxv2ajgzugbuihtxnydnarq6r4lfprftglkffxrodcar0nleajglhnnfsj5w.jpg)
काठमाडौं ।
सरकारले ल्याएको सामाजिक संजाल विधेयकमा राखिएका प्रावधानहरुप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार संघ, नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध प्रदर्शनमा बोल्दै अनलाईन टिभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए । उनले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाईन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेकोसमेत बताए ।
उनले भने, ‘यस्तोखाले नियम कानून लागू भयोभने तपाईंहामी कसैले पनि आलोचना गर्न पाउनुहुने छैन । सरकारी सत्तामा रहेका मान्छेहरुको आलोचना गर्न पाउनुहुने छैन । कसैले सरकारको विषयमा लाइक गर्नुभयो भनेपनि पाँच वर्ष जेलमा बस्नुपर्ने छ । पाँच लाख भन्दा बढी धरौटी तिर्नुपर्ने छ । त्यसकारणले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाइन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेको छ ।’
यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल विधेयक ल्याउने फुच्चे खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन् । उनले यो अधिनायकवादी विधेयक फूच्चे खेल हो भन्दै सबै दलहरुलाई बन्द गर्न चेतावनी समेत दिए । उनले भने, ‘जब जब सत्तामा आउनुहुन्छ, तब जनताको अधिकार कटौती गर्न खोज्नुहुन्छ । नागरिकको स्वतन्त्र अधिकारलाई विधेयकले खोस्न खोज्दैछ । गठबन्धनमा बसेका अरु राजनीतिक दलहरुलाई पनि म चेतावनी दिन चाहन्छु–तपाईंहरुको यस्तो अधिनायकवाद ल्याउने जुन फुच्चे खेल हो यो सफल हुनेवाला छैन् । तत्काल यो फिर्ता लिनुस् ।’
संघले आजको विरोध प्रदर्शनमा आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका हुन् । सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_o17PXwik38_zvi0qrki6llrxthkpspkjthji5er5kmptxiow5rymwkn8ysb7nbgm4xwdluj.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_HlaTAw5S1o_horrf27zqefaitxz8up5hytx869ih1n8vrbjc77qtpkwjr3ool4q0okykub7.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_HP4LaclxZ0_ht0t6vmjhxngrefkuj6myf2tc3yvuofelr9yjmpbvyuqkyuccbdzuwz86gtj.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_twSFAWvAQq_tvbszklllyswuohuty1b4o7lslghzszd5vfsqslgugjpcpnk8vfci2e5i9xl.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_qxl3Bz62fv_598hvldjh9ksak3h4fzva9frc4wozabzz0jj2xioxwyuiu9rywqoqg18lhpc.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_Sxe7y2kcM9_atjhu2jbg3t2r9myxzmgnamisoynp7odyzwxozlyujlzeh5qnlxqrvn1vgjy.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_zlgCv2mtss_cg54rux577chky4nhdi0zpqdvgqal0un1vwt0toelvc1ghv1t22t107pwu5f.jpg)
प्रतिक्रिया