फिल्म चलेर या नचलेर भविष्य निर्धारण हुँदैन् तर ‘रंगी’ चल्छ : नम्रता श्रेष्ठ
_gqxOD7HlrP_fymyfmjin4dg5qhpiahyhy7darvvbj0u5efvnvj2lyogsamqblkzrd4n64xn_4Hhk78AF6i_gsruxoos8iijyitduw4gppobvo09iecgxi0nnhg2ejv5ijmfgj3hz6yfww9s.jpg)
फिल्म ‘रंगी’मा एक बाबा–छोरीको सम्बन्ध एवं माया–प्रेमलाई देखाइएको छ । जीवनका कति धेरै रङहरु हुन्छन् त्यो सबै रङहरुलाई समेटेर ‘रंगी’बनाइएको हो ।
नम्रता श्रेष्ठ
नायिका एवम मिस नेपाल
काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै मिस नेपाल एवम अभिनेत्री श्रेष्ठले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले अभिनय गरेको बताइन् । आफूलाई सुहाँउदो भूमिकाको खोजीमा रहेकाले रंगीमा सोचेजस्तै भूमिका मिलेकाले आफूले फिल्ममा अभिनय गरेको बताइन् ।
उनले भनिन्,‘रंगीको स्क्रिप्ट पढ्दा स्कूले जीवन सम्झिंए । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ । म युवावस्थाको छु तर मेरो नेचर बच्चाको जस्तो छ । बच्चाको लागि एउटा आमाको जस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो । मिस नेपालपछि धेरै सामाजिक कामहरुमा व्यस्त थिएँ । अब चाँही अभिनयमा प्रवेश गरौं भन्ने सोचेर रंगीमा सहमत भएको हुँ,’ उनले अगाडि भनिन्,‘हुनत मलाई फिल्महरुमा धेरै अफर आएको थिएन् । केहीले प्रस्ताव गरेका थिए । तर म सन्तुष्ट चाँही थिइन । किनभने त्यो एकदमै अनुभव भएका कलाकारले मात्र गर्नसक्ने खालको भूमिका आएको थियो । त्यसैले ति प्रस्तावहरुमा न्याय गर्नसक्छु जस्तो नै लागेको थिएन । त्यही भएकाले फिल्म गरेको थिइन् । त्यसपछि गर्नसक्ने खालको भूमिकाको खोजीमा चाँही थिएँ ।’
उनले रंगी फिल्ममा गरेको भूमिका सोचेको जस्तै भएको अनुभव सुनाइन् । स्क्रिप्ट एकदमै रमाइलो खालको लागेकाले डेब्यू गरेको उनले बताइन् । साथै उनले पहिलो फिल्म भएकाले डर धेरै नै लागेको बताइन् । उनले पहिलो फिल्म चलेर या नचलेर भविष्य निर्धारित हुने भन्नेमा चाँही विश्वास नगरेपनि चल्यो भने अरु फिल्ममा राम्रो भूमिका पाउन सकिने बताइन् ।
उनले भनिन्, ‘डर र चुनौती त भइहाल्छ । पहिलो फिल्म हो । हुनत पहिलो फिल्म चलेर या नचलेर भविष्य निर्धारित हुने भन्नेमा चाँही म विश्वास गर्दिन् । तर पनि चल्यो भने त राम्रो मेरो लागि पनि राम्रो हुन्छ । निर्माण टिमपनि उत्साहित हुन्छ । म पनि मेकर्सको आँखामा पर्छु होला र आशावादी पनि छु,’ उनले अगाडि भनिन्,‘डर पनि त्यति नै लागिरहेको छ । तर पनि फिल्मको मेकर र डाइरेक्टरप्रति पूरा विश्वास छ । फिल्म राम्रो चल्छ, फिल्म डबिङ गर्ने बेलामा पनि हेर्दाखेरी एउटा राम्रो स्टोरी बनेको रहेछ जस्तो लाग्यो । त्यही भएर पनि उहाँहरुसँग डेव्यू गर्न रोजें र फिल्म सफल हुन्छ भन्नेमा विश्वस्त छु ।’
यसैगरी उनले फिल्म रंगीमा एउटा बाबा छोरीको सम्बन्ध एवम माया–प्रेमलाई देखाइएको बताइन् । उनले रंगीमा जीवनका कति धेरै रङहरु हुन्छन् त्यो सबै रङहरुलाई समेटेर रंङ्गी बनाइएको समेत बताइन् । ‘रंङ्गी चाँही एउटा बाबा–छोरीको सम्बन्धको कथा हो । साथसाथै जीवनको रङ भनिन्छ नि जीवनका कति धेरै रङहरु हुन्छन् ति सबै रङहरुलाई समेटेर रंङ्गी बनाइएको हो । तीत घण्टा छुट्याएर हल छिर्दा भरपूर रमाइलो हुनेछ । हसाउने, चित्त दुख्ने र आँखामा आँसु पनि देखिनसक्छ,’उनले भनिन्, ‘रंगीलाई ट्रेलरमा पनि देख्नुभएकै होला एउटा बाबा–छोरीको सम्बन्धलाई माया प्रेमलाई देखाइएको छ । एकजना बुबाले गर्नुपरेको संघर्ष देखाइएको छ ।’
नेपाली समाजकै कथा फिल्ममा समेटिएको उल्लेख गर्दै श्रेष्ठले भनिन्,‘यस्तो कथा हाम्रो समाजमा पनि देखिरहेको हुन्छौं । समाजमा घटिरहेको यस्तै घट्नाको सानो भाग हो रंगी । फिल्ममा मेरो क्यारेक्टर एकदमै संघर्षशील, स्वतन्त्र र शिक्षित केटीको रुपमा छ ।’ उनले प्राविधिक दृष्किोणबाट चाँही फिल्म एकदमै राम्रो बनेको बताइन् । ‘फिल्मको कथावस्तु हेर्दा दैनिक जीवनमा घटिरहेको घट्ना पनि हो । बाबा–छोरीको माया र बाबाको इमोसन भन्नेवित्तिकै छुट्टै इम्प्रेसन परेको हुन्छ । बाबाले यो गर्दिनु भएन, त्यो गर्दिनु भएन वा माया देखाउनु भएन् भन्ने हुन्छ तर एउटा बाबाले कस्तो संघर्ष गरिरहनुभएको छ भन्ने कथा यसमा छ,’ उनले भनिन् ।
उनले आगामी दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच रहेको बताएकी छन् । उनले जबसम्म फिल्म क्षेत्रमा राम्रो खालको योगदान दिन सक्दिन तबसम्म अभिनय गरिरहने बताइन् । उनले भनिन्, ‘आगामी दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच छ । म एउटै चिजमा धेरै टिकिरहन सक्ने मान्छे चाँही होइन् । त्यसैले नयाँ–नयाँ कुराको अनुभव लिन मन चाँही लाग्छ । जबसम्म फिल्म क्षेत्रमा मेरो राम्रो खालको योगदान हुनेवाला छ र सन्तुष्टि चाँही काम गरेर मिलाउनेछु । त्यसैले यस क्षेत्रमा देखिरहनुहुनेछ । दुबै साइडबाट राम्रो भयो भने चाँही निरन्तरता दिन मन छ ।’
उनले आफ्नो पहिलो फिल्म भएकाले पनि फिल्मको प्रोमोसन नै सबैभन्दा चुनौतीको रुपमा हेरेको बताइन् । ‘फिल्म खेलेर मात्र नहुने रहेछ । प्रमोसनका लागि दौडिरहनुपर्ने रहेछ । दर्शकसामू पुर्याउनुपर्ने वाध्यता छ । यसपाली भगवानले पनि जुराइदिनुभयो र ठ्याक्कै फागुन २ गते प्रेम दिवसका दिन एउटा प्रेमको कथा आउँदैछ,’ उनले भनिन् ।
फिल्म अभिनयको अनुभव सुनाउने क्रममा उनले भ्यालेन्टाइन डे मनाएको स्मरण आफूसँग नरहेको बताइन् । यस दिवसका अवसरमा विभिन्न अफरहरु पनि आउने भएकाले व्यापारी र ग्राहकहरुलाई राम्रो हुने बताइन् ।
‘भ्यालेन्टाइन डे मनाउने भनेको प्रेम गर्ने मान्छेहरुसँग मनाउने भन्ने हो । पार्टनर, श्रीमान–श्रीमती, परिवार सबैसँग मनाउन सकिन्छ । तर यसलाई नराम्रो दृष्टिले मनाउने पनि गरिएको छ । हामीले यसलाई कन्ट्रोल गर्नुपर्छ, व्यालेन्स गर्नुपर्छ,’ उनले भनिन्,‘
पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदका घटनाहरुबारे आफू अनभिज्ञ भएको बताइन् । ‘मैंले कसैसँग प्रेम राखेको पनि छैन, विहे पनि भएको छैन् । त्यसैले सम्बन्ध बिच्छेद नि भएको छैन् । त्यहि भएर सम्बन्ध बिच्छेदको प्रसंगमा बोल्ने अधिकार छैन् । किनभने दुईजना मान्छेले सम्बन्ध बिच्छेद गर्ने निर्णय गर्नुहुन्छ । उहाँहरुबीच के कुरा भएको हुन्छ त्यसबारे मलाई बोल्ने अधिकार छैन्,’ उनले भनिन् ।
सम्बन्ध विच्छेदका घट्नाहरु कलाकारिता क्षेत्र भन्दापनि बाहिरी समाजमा धेरै भएको सुनाइन् । ‘बाहिरको समाजमा क्यामेरा लिएर कोही जाँदैन तर कलाकारहरुको बारेमा खोजतलास भइहाल्छ । कलाकारिता क्षेत्रमा पनि बिहे गरेर उदाहरणीय बन्नुभएकाहरु धेरै हुनुहुन्छ । सबैलाई एकै नजरले हेर्नुहुँदैन् । निश्चल दाई (निश्चल बस्नेत)र स्वस्तिमा दिदी(स्वस्तिमा खड्का)को हेर्नुहोस त टिकिरहेकै छ नि । कतिपय ठाउँमा कलाकार भएता पनि सम्बन्धलााई राम्रोसँग लिएर जानुभएको छ,’ उनले भनिन् ।
चारबर्ष अघि आफू मिस नेपालको ताज पहिरिएपछि धेरै फिल्म खेल्ने अवसर आएको सुनाउँदै फिल्मी क्षेत्र भनेको सरकारी जागिरजस्तो नभएकाले गर्नैपर्ने बाध्यता नरहेको बताइन् । ‘मलाई दुईवटा फिल्म मात्र गर्न मन लाग्यो भने पुग्यो भने विश्राम लिन पाउँछु । अबको २० वर्षसम्म पनि यही क्षेत्रमा हुन्छु भन्दापनि पाउँछु,’ उनले भनिन् ।
सुरेश न्यौपाने निर्देशित फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी लगायतको अभिनय छ । बाबुछोरीको भावनात्मक सम्बन्धको कथामा फिल्म आधारित छ ।
नम्रता सन् २०२२ की मिस नेपाल वल्र्ड विजेता हुन् । उनले टेलिभिजनको कमेडी शो ‘कमेडी दरबार’मा होस्टको रुपमा समेत काम गरिसकेकी छिन् । त्यसअघि हिमालय टिभीको गायन रियालिटी शो ‘नेपाल लोकस्टार’को पनि होस्ट गरेकी थिइन् ।
प्रमिला कार्की/नेपाल न्यूज बैंक
%2520(4)_cdB5xbRty1_mgjktwtuugtsrxf4oqo9jqsgcwqxuac8kb2ezn96reeo2bmxvsgygiafil2o_Zp1wgjjgo2_qcg6kupkoyeqa8qvpco1yr2ij9epxb2uf0jiycww0w2a2wvlx3cp3jl2u1sc.jpeg)
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ

सांसद दीपक बोहराको निधन
%2520(1)%2520(4)_dQ6LGhDGjV_glag3twqyme2ah3fer19z5cdgifmfyvcphjpkrr4oxsuyuodxpounomfhezv_S6g2BJELZj_mtdhpf5gofkjbvuikjtf1imxdklzfz7a7eeg4efmsl4xgcppitn60o6z85gp.jpg)
त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
%2520(19)_mpwt49QDdV_eo2elfo4keolgrng5ohd09ymbbtgj16ebi3pywtcj2jjjempjuiqcbsrrw88_aUvfhrBbdq_6d5fwyq4ttbzl3dhbdhrz3zwubskultnmdhooogs2g3v37e4q4zgexn7wli1.jpg)
एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख
_2bxvklqOVu_kxnzqmu6mmoihcfiva0rplegdwqxc3vwe1juco57hnu5e5z8ngcibprvmhhj_ww71tyfErG_npridielx88g1r5b2kkzws6rqsrssh411qxjzxani1p6v99mgal8o4uhdbao.jpg)
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
%2520(3)_QU6G599j9L_h0a1cobxsnttci0bkr7ch2gnjdfktmjcxaw9dfbgrls6sqicheuh2egbjzrk_bdwKrDvB1o_9csu81g87uv8hy8zezwkb9vuknr8blbfaaf06fzjk1nitfko6rq7u4rcrmfw.jpg)
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
%2520(18)_N8f7U2N2Ib_kod8ig3tmsks1miuxvbqef5svuzdoioxesfnpllvbbriabfmsumeuzdberrk_bH3pHQLVKN_uwf74jrjwmbxsxddrnub0yjj9empune6joobn2uett3wfxreg20tcmd2gzxn.jpg)
प्रधानमन्त्री ओली र सभामुखद घिमिरेद्वारा ईदको शुभकामना

प्रतिक्रिया