बिद्युत प्राधिकरणले समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भयो :मन्त्री यादव
_MM18fd99Rw_g2pxtsjjadviiu5cf81nakrggkgn1nxnnidrxw8n9wu3nhmwsajjfofvr0kj_zWVJia4xdi_ezqzhroikx6roghtimjvydvbo0smoowseiqeun9rrxt1nr1thjamknhcpehc.jpeg)
काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताएका छन् । आज दिउँसो बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षका लागि त्यहाँ पुगेका मन्त्री यादवले बताएका हुन् ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले भने, ‘विद्युत प्राधिकरणले सधै हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।’ यसैगरी मन्त्री यादवले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा कहाँ कहाँ खानेपानीका पाइपहरु छन सो विषयमा प्राधिरणले आफुहरुसँग सल्लाह अनि समन्वय गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘बिद्युत प्राधिरणले कहाँ कहाँ खानेपानीका पाइप बिच्छाइएको छ । त्यो विषयमा जानकारी लिन आवश्यक छ । हामीलाई सोधे हामी पाइप भएको क्षेत्र देखाउने छौँ ।’ मन्त्री यादवले पानी बन्द हुनासाथ फुटेको पाइपलाईन तत्काल मर्मत गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताए ।
उनले भने, ‘अहिले करिब पानी बन्द हुँने अवस्थामा पुगेको छ । पानी पूर्ण रुपमा बन्द हुँनासाथ फुटेको पाइप मर्मत गरी पानी सूचारु गराउन मैले निर्देशन दिइसकेको छु । फुटेको पाइप चाडै मर्मत गरी पानी सूचारु गरिने छ ।’ काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सूचारु गरिने जानकारी दिए ।
पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको छ । मन्त्री यादव, मन्त्रालयका सचिव ई प्रमिलादेबि शाक्य बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबरमहल पुगेको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_kfT2Opan9h_sjgo0xsklviwz6k8zdvporflkwc7p0gbv3qeqqnt6p6zvu48etdubqxodyqd.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_D6OfU5zN9e_cmszlltlop2jboab2lnhyvtnuijyidwof92schutyj2b50ao0exo8hxu2nd5.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_y8ST11iKpc_gqyiyw41xaaofe7akrqfm18mgvcdjer0kp9wvcfzzjw6zykrvnx3okxuv1dz.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_HSGpzjnxlH_qcffiuhevxc2kqm8oee7qtp2qmm8so9ivzheagprtd7tjtthvcrcmebpnnnv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_YKHIkgDtL4_ezp9tcgks2vryxag2utryosczuuon1neyqpk6saf17tu8vqs2kj2kazyccmk.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_p1ZvCAHqMS_txlhgouxl9fnllf8gjnwzztqw37xju2iqvupe7ldfjclhriizdltccfxdygv.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_mQlNgmzEOq_qmtcirlnb5pdhrrk09j3qiputi1bsxnwiuih9beoyhqyvjsnvuajfgxqsyw8.jpg)
प्रतिक्रिया