मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो ः सांसद कार्की

काठमाडौं ।
बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बुधबार बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् । उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौदेखि आज जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ,’ उनले अगाडि भनिन्,‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ ।जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्यो, त्यसमा गृहकार्य गर्नुपर्यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’
पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरिसकेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_AqD52sf2lm_qyb18hq8jqxaoa9alpcy6x9qyt0q5u1bnsg1eecwxn79gergzdr6jfvaf81f.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_B5yGnlvRCJ_owbzc0nmhhyvwit6jts0mfzewgswsgbt2i3brvke4bsicivvultnengdkenm.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_w3qtXZBZz1_vzqeyfjwmcmx56g9tiljuqdcrpkplil5jk2lahuyf6xflevqjook8u0v46vu.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_FJNLg8qyXC_4ljcmq7durmrjjonm8fcewkisdo1t112il68ilchwilspptk0fmdzoxotqcr.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_EaxopupOd4_uecwkjuowmibva76ifafh7jsvcjv21yqpjbtotcsdkxxoolrjj4datkgwrgv.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_fKI1qow3gW_foybrjqzzra7flaymqpooj2hwbcjrzi7yhorcv5jnifqb3rjha3iqszncdwa.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_bQgpDOX1jP_zs9o6splhnfey0zmujsibp7jfnbh3c9gzkzz5ng65tucsx6w5fl5mqy7wmro.jpg)
प्रतिक्रिया