कलाकार जितु नेपाललाई मातृशोक

काठमाडौं ।
कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको आइतबार बिहान निधन भएको हो । योगमायाको ८९ वर्षमा निधन भएको उनकी नातिनी अनिता नेपालले जानकारी दिइन् । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित