पश्चिमाञ्चल क्याम्पसमा "त्रिवेणी" कार्यक्रम भव्य रूपमा सम्पन्न

पोखरा, फागुन ३– पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास), पोखराको आयोजनामा भव्य साहित्यिक, सांस्कृतिक तथा साङ्गितिक महामिलन "त्रिवेणी" सम्पन्न भएको छ। इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई साहित्य, कला र संस्कृतिप्रति अभिप्रेरित गर्दै देशको साहित्य र संस्कृतिका बारेमा जानकार गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम क्याम्पसको इतिहासमै अति विशिष्ट तथा भव्य रूपमा सम्पन्न हुने कार्यक्रमहरूमध्ये एक बन्न सफल भएको छ।
इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास), पोखराका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३,००० विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। फागुन २, २०८१ (भ्यालेन्टाइन डे २०२५) का दिन सम्पन्न यस साहित्यिक, सांस्कृतिक तथा साङ्गितिक उत्सवमा विभिन्न विधाका प्रतिष्ठित साहित्यकार, कवि तथा कलाकारहरूको ओजस्वी उपस्थिति रहेको थियो।
संगीत र साहित्यको अनुपम संगम
कार्यक्रमलाई अझै भव्य बनाउँदै चर्चित गायक बसन्त थापाले आफ्नो शानदार प्रस्तुति दिएका थिए। उनको ऊर्जाशील गायनले उपस्थित दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाउनुका साथै, सम्पूर्ण माहोललाई संगीतमय र रोमाञ्चक बनाएको थियो। उनको प्रस्तुति शुरु भएपछि सम्पूर्ण दर्शकहरू उत्साहले भरिएका थिए, र सम्पूर्ण माहोल उनका गीतहरूको लयमा रमाउँदै गएको थियो। उनका प्रख्यात गीत मयालीमा दर्शकहरुको नाच्ने घुइँचो थियो।
यसैगरी, देशका ख्यातिप्राप्त कविहरू,लेखकहरू तथा साहित्यकारहरूले विभिन्न विधाका उत्कृष्ट साहित्यिक कृतिहरू प्रस्तुत गरेका थिए। गजल, मुक्तक, कविता, कथा एवम् लघुकथा वाचन, गद्य तथा पद्य रचनाहरूको वाचन तथा सृजनशील प्रस्तुतिहरूले कार्यक्रममा साहित्यको उच्चतम स्तर दर्शाएको थियो।
सृजनशीलता, संस्कृति र उत्साहको समागम
"त्रिवेणी" कार्यक्रममा देशका विभिन्न कुनामा रहेका फरक संस्कृतिहरु देखाउने जमर्को गरिएको थियो। सुदुरपश्चिमको देउडा देखी लिएर मिथिलाको मिथिला नाचसम्म कार्यक्रममा समाबेश थियो। साथै अन्य जातजातिका मौलिक संस्कृति जस्तैः रत्यौली, दोहोरी, कृतनहरु पनि देखाउन जमर्को गरिएको थियो। यो कार्यक्रम साहित्यिक र सांस्कृतिक विधाहरूको अनुपम संगम बनेको छ। यसले विद्यार्थीहरूलाई सिर्जनशील अभिव्यक्तिको नयाँ धरातल प्रदान गर्नुका साथै, साहित्य, कला तथा प्रविधिको समिश्रण कसरी प्रभावकारी हुन सक्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।
साहित्यिक, सांस्कृतिक र साङ्गितिक महोत्सव "त्रिवेणी" पोखरा उपत्यकाको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयस्तरीय कार्यक्रमहरूमध्ये एक बन्न सफल भएको छ। क्याम्पसका विद्यार्थीहरू, प्राध्यापकहरू, तथा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले कार्यक्रममा देखिएको व्यवस्थापन, प्रस्तुतिको स्तरीयता तथा दर्शकहरूको जोश र उत्साहको उच्च प्रशंसा गरेका छन्।
कार्यक्रमको समापन गर्दै अध्यक्ष विजय अधिकारीले विद्यार्थीहरूबीच साहित्यिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ वृहत् स्तरका कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_7SskcpqaCk_pjqskfehg7xnuennpjl3pmvfihspaswszdz1rjfmscvq14ogwune5odqqutr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_3zepiASb8H_dmosatdnicdhzev4zikkovxd6rvwvv7xryf7psbmesoiv9qje5rdgzyifpm0.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_QbnwYgiQgI_wuhu9zkuz7iqq1lncwyyo8j6pne1sgwfz1znriseyho296rmmln2etoasvp9.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_iC80wu7dWG_n3lsropbzetpnhad1chasiokm0fi8dyqur1byshdx68xb14i8aaxktch9fcb.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_qlPjwRs7rG_grvgs6se4uwrqd8wsppsg6cwygheynylwycxpcock5bzysyjkfgczzvdnn1d.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_l0owTblb6c_juzezxpyczvdhffrfwtad7fjrdk64mrnzmbgwnhiv1r1tbkku2pjgykbttjc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_fh5AyeEntl_t9gv9c349mhinrjqs8mjuph6anfedjnaoplqbraez0hvcfsyf8j0c8dd3n7e.jpg)
प्रतिक्रिया