बाढी पहिरोले क्षति पु¥याएका रामेछाप र दोलखाको सडक मर्मतका लागि बजेट सुनिश्चित

रामेछाप ।
असोज महिनामा आएको बाढीले क्षति पुगेका रामेछाप र दोलखाका विभिन्न सडक निर्माणको लागि बजेट सुनिश्चित भएको छ । बाढीले क्षति पु¥याएका सडकको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ती सडकहरूमा बजेट सुनिश्चितताको निर्णय गरेका हुन् ।
मन्त्रालयले रामेछापको खुर्कोटदेखि मिल्ती सडक खण्डको मर्मतका लागि ४० करोड रुपैँया सुनिश्चित गरेको छ । सो सडक वर्षाको कारण विभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ । यसै गरी मन्थली– चरिकोट सडक अन्तर्गत दोलखाको किर्ने–भोर्ले– ढोलीखोला सडक खण्डको लागि ४५ करोड रुपैँया बजेट सुनिश्चित गरिएको छ । सो सडकको किर्नेटारमा तामाकोसी नदीले सडक कटान गरेको छ । अहिले खिम्ति जलविद्युत आयोजनाको भित्रबाट अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । आयोजनास्थल भित्रबाट सञ्चालन गरिएको सडक बन्द गर्ने चेतावनी बारम्बार आयोजनाले दिँदै आएको छ ।
मन्त्रालयले मन्थली–चरिकोट सडकको मिल्ती–तामाकोसी सडक खण्ड मर्मतका लागि पनि बजेट सुनिश्चित गरेको छ । सो सडक खण्डका लागि २५ करोड रुपैँयाको बजेट सुनिश्चित गरिएको छ । यसै गरी चरिकोट–सिँगटी–झमार्सी सडक खण्डको लागि ३० लाख रुपैँया बजेट सुनिश्चित भएको छ । यस अघि झमार्सी सडकलाई २ करोड ३० लाख रुपैँया विनियोजन गरिएको थियो । त्यस्तै नेपालबाट चीनको तिब्बत जोड्ने दोलखाको लामाबगर नाका खोल्न २० करोड रुपैँया विनियोजन गरिएको थियो । सिन्धुपाल्चोकको मुढेबाट दोलखाको चरिकोट आउने सडक खण्डको लागि १५ करोड रुपैँया टेण्डर भइसकेको छ ।
सडकमा पुगेको क्षतिको मन्त्री दाहाल, पूर्व मन्त्री पार्वत गुरुङ, सडक विभागका महानिर्देशक रामहरि पोखरेल सहितको टोलीले २ दिनसम्म स्थलगत अवलोकन गरेको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_AL8aVWAu1K_u6gsypu3vxbrbqhzdvholqu23qz8zn81fqm5mg9izhftjtwqkyqqwseals5d.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_8a3RvJkyGJ_epaclgunlha2450qilgsvlfeztcemarcpanopirvb1poh2ubbzjxhfqzcufw.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_jweo06lwG9_y0ll3rp3imzpvyaiq1ofmcxo4jirh8fryxqwzluiddi4e40vdeecekf0xbc9.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_xRmqqgbcHv_6mkwxhdtiev5cucgvjgfww0enp0ccdwezikckskzhvkmb7zdxoghvpfuiibq.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_eebCr2oJE4_wgnm39lzwsgs6hbubfruialljeiu6nze2e7obm2dxc0dpzd79bucpaiogvux.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_40g5ef5gvj_tjqx6xooynoiptpblgbtfgpxcn1yqsbvsxbzfenl6v8qurkddsxeh6vkiblw.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_vHXMOsaKLX_bhvzpl7dzo8tvgmavlag8s7kzlzdljm6re2fklbfxw9yzpffzivvuidzgbhe.jpg)
प्रतिक्रिया