बालबालिकाको क्यान्सर उपचारका लागि ३५ प्रकारका निःशुल्क उपलब्ध गराइने
%2520(4)_u9G0sIhMmG_t3r7ikanmzasf4f8naz7wydkdhlmftyc2i13l13g8hyrptreumxe7vojwajw_S8ViEUm0Z2_7hnzsgr58lqpplupgl46apiw6figwt54cp1jwm4eifwzpubcdci3chgvnweb.jpg)
काठमाडौं ।
ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) को लागि ३५ प्रकारका अत्यावश्यक औषधीहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य रहेको जनाएको हो ।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा सन् २०२१ मा सुरुवात गरिएको ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स आफैमा नयाँ किसिमको कार्यक्रम हो । यस ग्लोवल प्लेटफर्ममा युनिसेफ खरिद साझेदारको रुपमा रहेको छ, जसले औषधीको खरिद तथा नेपालसम्म ढुवानीको जिम्मेवारी निर्वाह गर्नेछ । नेपालमा औपचारिक यो पहल रूपमा सुरू गर्न २०८० चैत्र १४ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
‘नेपालमा हरेक वर्ष करिव १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सिमित पहुँच र श्रोत अभावका कारण तीमध्ये करिब एक तिहाइले मात्र उपचार प्राप्त गर्छन् । नेपालमा क्यान्सर पिडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । यो दर उच्च आय भएका देशहरूको तुलनामा निकै कम हो । जहाँ यो दर ८० प्रतिशत भन्दा वढी छ । बाँच्ने सम्भावना दर कम हुनुको प्रमुख कारणहरु मध्ये क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीको अभाव पनि एक हो ।
नेपाल ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्को यस नयाँ कार्यक्रममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र हो। बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सको लक्ष्य रहेको जनाएको छ ।
यसको लक्ष्य सन् २०३० सम्म क्यान्सर पीडित वालबालिकाको बाँच्ने सम्भावना दर कम्तीमा ६० प्रतिहत पु¥याउनु हो । यी औषधीहरू स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामार्फत् चार अस्पतालहरू’कान्ति बाल अस्पताल काठमाडौं, पाटन अस्पताल ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, तथा बी पी कोइराला क्यान्सर अस्पताल, चितवन’मा वितरण गरिनेछ ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त भएका औषधिहरुले बालबालिकाहरुको उपचारमा धेरै ठूलो सहयोग पुग्ने बताए । उनले क्यानसर निर्मुल गर्ने सम्बन्धमा एचपिभि भ्याक्सिन उपलब्ध गराएर अभियान नै सञ्चालन गरिसकेकोले ९० प्रतिशत भन्दा बढी १० देखि १४ वर्ष उमेर समुहका बालबालिकाले त्यो भ्याक्सिन प्राप्त गरेको बताए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_emhf4RXGmk_sswnhc8ecso1wetwxayizzz9hpezdslk5ofxdxsh2kucisni4paxjriam0yp.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_vrQf8FX1Ka_b2qtidpgiarujxclzhcyjeit9l2tybn4apvhatjmjgxum5mopgrmenwuhyrz.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_SGQsmumQgi_k5yty4zccyrt9vezwcptzyugibokpjx9twihby6zmo0rk3hqcn2qotahvf7c.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kYzoFCSx9B_bgmtkyv24eknuqpfysmjwltfxolee2awem8olb8xahyaoanyrewdrk0czyeq.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bCVd9IwloT_clzq8isma3vlnm2kbiac3bmrwwkh570ktsdvbckp69safqvxi2nntgtvixhs.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_XOCMgTt7W2_mulidutcpzl7sbh2mv5vjj1kgerptumcgnjzfpbtvy0rlia7zhv0l7pzpfcq.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_z6qqJK2aUm_bjzolnfcvxyyavoftvpivdhdj2oh4yx395qtrkwsvghtkgzv5au5prk2fhab.jpg)
प्रतिक्रिया