नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु

काठमाडौं ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आज(विहीबार)देखि काठमाडौंमा सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालबाट उक्त प्रदर्शनीको उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दाहालले प्रर्दशनीले नेपाल क्रमशः ओद्योगीकरणतिर प्रवेश गरिसकेको कुरा पुष्टि गरेको बताए । नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरुको सङ्ख्या लगभग ६० प्रतिशत रहेको भन्दै त्यसले आफू प्रभावित भएको बताए । उनले भने,‘नेपाल क्रमश ओद्योगिकरणतिर प्रवेश गरिसकेको कुरा पुष्टि पनि गर्छ । नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरुको सङ्ख्या लगभग ६० प्रतिशत छ । यहाँ नेपाली उत्पादनहरु धेरै छन् । प्रदर्शनीले मलाई अत्यन्तै प्रभावित पारेको छ । र म सम्बन्धित मन्त्रालयको मन्त्री पनि भएको हुनाले प्रदर्शनीपछि मान्छेले धेरै कुराको जानकारी पाउनेछन् ।’
त्यस्तै उनले पत्रकारहरुले प्रदर्शन हल सानो भयो ठूलो भए हुन्थ्यो भन्ने गुनासो आउँछ यसमा सरकारले ध्यान नदिएको हो भन्ने प्रश्नमा भने,‘काठमाडौं आफैमा साँधुरै छ । ठाउँ यही नै हो । सिमित ठाउँहरु छ । काठमाडौं बाहिर राख्दा पुहँच पनि मान्छेको अलि कम हुने र सहभागिता पनि कम हुन्छ । अरु खेल तमासाका चीजहरु अरु छन् त्यसलाई हटाएर यसलाई फराकिलो बनाउ नसकिने भन्ने होइन । यो भन्दा ठूलो ठाउँ छ भनेपनि त्यलाई पनि प्रोमोट गराउन सकिन्छ । ’
आज देखि सुरु भएको प्रदर्शनी ११ गतेसम्म चल्ने छ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहनेछन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिड्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरु रहनेछन् ।
प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रवन्ध निर्देशक भट्टराईले बताए । उनले प्रदर्शनी बहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र चार दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र चार दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको बताए ।
उनले भने, ’नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं संस्करण फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ । यो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । यसमा प्रवेश निःशुल्क रहेको छ । मेलामा बिल्डिङ कन्स्ट्रक्शन सम्बन्धित सबै कुरा हुनेछन् । १० औं संस्करणमा १५० वटा कम्पनीको सहभागी रहेको छ । तीनसय भन्दा बढी ब्राण्ड प्रदर्शनीमा हुनेछन् । यो प्रदर्शनी चार दिनको राखेका छौँ । कन्ट्याक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर लगायत यो क्षेत्रमा काम गरिरहनुभएका डिस्ट्रिब्युटर्स, डिलर्सहरु र घर बनाइरहनुभएका आम नागरिकहरु लक्षित हुनुहुन्छ । चार दिनमा ४० देखि ४५ हजार जनाले यसको अवलोकन गर्ने अपेक्षा छ ।’
प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका आर्कीटेक्ट, इन्जिनियरस, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ । साथै निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ ।
प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाईबर्ड र सह प्रायोजकमा पर्ल प्रेसिजन रहेका छन् ।
सहयोगी संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिंग आर्किटेकचरल एण्ड ईन्जिनियरिङ् फम्र्स, सोसाइटी अफ नेप्लीज आर्कीटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल रहेको यो प्रदर्शनी चार दिनसम्म चल्नेछ भने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_16DObyRORE_gf5uqfrpj7rgmgqwzrfo3k9mxjaezkkueoj8jlvwteuipciirdq0wqb8isex.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_OoKt4Yu64v_5c9uobgxd19vmot9zdwdympnlrd48scme9pfuy5jczmhtrspjzdlg2isx6x7.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_sspe79M0N6_7vx5ckcmf0gdupgmi8duvhkw2wzgjobsn3qrl5iwuigstlk6wq7uiwduvac7.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_KVUgDKvjO6_bbbxcrkzrf9sniazfhfucmrprirj3rfmrg8h4m56vnwz9xnv9ojom8wcloar.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_03wgNcEc8d_1vriwk0hg6in62lwh0qzgcgjowlb6ajsqzlqvxuuiicm7jvbz3kcm7cmlqhd.jpg)
प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा

नेपाल इको प्यानल: दिगो र किफायती निर्माण प्रविधिमा नयाँ युग

चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका
_GF5ybCSSFh_2ccuhxtkdbrluki0hhlqpstiivn856lzg7lrdmb0vzssclyl4uajevgsi2kr_ltMYT1a6BB_ztsgw8rvixuh6dkwuran4csfmpv8ujmoqf0egtzsequtvf9mwsw3zn5nw8dv.jpg)
प्रतिक्रिया