ओली र दाहालबीच बालुवाटारमा गोप्य छलफल

oli and dahalकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ । ओलीलाई भेट्न प्रचण्ड आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । आधा घन्टा चलेको उक्त भेटवार्तामा दुईजना मात्र रहेको बताइएको छ । भेटमा एमाले र तत्कालीन एमाओवादीबीच भएको भनिएको ‘भद्र सहमति’ र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एमाओवादीले ‘भद्र सहमति’का आधारमा ओलीले राष्ट्रिय सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिनुपर्ने बताउँदै आएको छ । एमालेकै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतले पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दबाव दिँदै आएका छन् । तर, ओलीले सत्ता हस्तान्तरणबारे कुनै पनि सहमति नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित