नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन
_AQybl6nECN_lmxpc7xnyjpxxycu7wvxj634c28ykh5ku7uwrrdb9rozfgibcnqrd1zlngws_b02SATWDI2_qah2xibzqweyvbnqordkbdwtojkbl1viza3tvvy3mwp4ftzu1yar4acshadx.jpg)
ललितपुर ।
ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ । एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको हो । विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन समारोहमा प्रमुख अतिथि वन तथा वातावरण राज्यमन्त्री रुपा वि.क.ले नेपालको पहिलो हरित विद्यालयले गरिरहेका उदाहरणीय कार्यहरूलाई सरकारले अनुमोदन गरी देशभर यस्ता विद्यालयहरूको विकास गर्नुपर्ने बताए । साथै, सरकारले हरित विद्यालय अवधारणालाई नीति स्तरमै अघि बढाइरहेको हुनाले विद्यालयसँग सहकार्य गर्दै आवश्यक नीतिगत पहल गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा विशेष अतिथि तथा विद्यालयका संस्थापक संस्था बज्र फाउन्डेशन हल्याण्डका अध्यक्ष मार्टिन ओल्थोफले वातावरण क्षेत्रलाई समर्पित युवाहरुलाई हौसला प्रदान गर्न ‘बज्र इको अवार्ड’ सुरु गरिएको जानकारी गराए । यस वर्षको पुरस्कार हरिन नेपालकी संस्थापक तनुजा पाण्डेलाई प्रदान गरिने घोषणा गर्दै उनलाई नगद रु. ५१,००० राशिको बज्र इको अवार्ड संयुक्त रूपमा प्रमुख अतिथि राज्यमन्त्री रुपा वि.क. र विशेष अतिथि मार्टिन ओल्थोफले प्रदान गरे । गुठीयार टीकाध्वज भण्डारीले पाण्डेले वातावरण संरक्षणको क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरूबारे प्रकाश पारे ।
दोस्रो दिनको प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १३ का अध्यक्ष भाष्कर थापाले विद्यालय स्थापनादेखि नै प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहँदै आएको बताउँदै आफ्नो वडामा यस्तो नमूना विद्यालय स्थापना भएकोमा गर्व व्यक्त गरे । साथै, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले गौरव महसुस गर्नुपर्ने भन्दै विद्यालयको विकासमा जनप्रतिनिधि र वडाबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।
नाटकमा रामचन्द्रको १४ वर्षे वनवासका क्रममा देखिने प्रकृति र मानव जीवनको सहअस्तित्व, वन्यजन्तु वानरसँगको सामीप्यता, गरूडले रामचन्द्र र लक्ष्मणलाई दिएको सूचना, अयोध्या र लङ्काबीच नदी तर्ने क्रममा नदीले बोलेको प्रसङ्ग, बगरमा रहेका ढुंगाहरूको सहयोगबाट नदी पार गरेको दृश्य, हनुमानले रामको सन्देश सीतालाई दिएको प्रसङ्ग लगायत धेरै घटनाहरू समेटिएका थिए। यी सबैले मानव जीवन र वातावरणबीचको अन्योन्याश्रय सम्बन्धलाई चित्रण गर्थे। तर, आजको युगमा विकासका नाममा मानिसले वातावरणसँगको सहअस्तित्वलाई भत्काइरहेको सन्देश नाटकले प्रवाह ग¥यो। नाटकले दर्शकहरूलाई प्राकृतिक प्रकोपहरू न्यून गर्न र वातावरण संरक्षण गर्दै स्वस्थ जीवनयापन गर्न प्रेरित ग¥यो।
विद्यालयका प्रधानाध्यापक जगदीश ढकालले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यहरूलाई निरन्तरता दिने बताए । विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले विद्यार्थीहरूले गर्ने यस्ता गहन अर्थ बोकेका कार्यक्रमहरूलाई पाठ्यक्रमसँग जोडेर गुणस्तरीय शिक्षाको प्रयोगशाला बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जानकारी दिए ।
नाटक लेखन तथा निर्देशन प्रसिद्ध नाट्यकर्मी प्रभाकर न्यौपानेले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय संगीता अधिकारी र सुनिता महर्जनले संयुक्त रूपमा गर्नुभएको थियो भने बज्र एकेडेमी शैक्षिक निजी गुठीका प्रमुख गुठीयार डोरबहादुर भण्डारीले उपस्थित विद्यार्थी, अभिभावक र अतिथिहरूलाई स्वागत गरेका थिए । दुई दिनसम्म चलेको कार्यक्रममा करिब सात सय दर्शकहरूको सहभागिता रहेको थियो।
‘हरित रामायण’ नाटक पनि यही अभियानको निरन्तरता भएको विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले जानकारी गराए ।
वि.सं. २०६३ मा स्थापना भएको नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीले स्थापनाकालदेखि नै वातावरण संरक्षण र दिगो विकासको क्षेत्रमा काम गर्दै आएको छ। गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासलाई मुख्य ध्येय बनाएर अघि बढिरहेको विद्यालयले हरेक वर्ष आफ्ना गतिविधिहरूबाट थप ख्याति कमाउँदै गएको छ। वातावरण नै मानव जीवनको आधार भएकाले कुनै पनि विकास प्रकृतिमैत्री हुनुपर्छ भन्ने सन्देश दिन विद्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो : हाम्रो घर दरबार होइन

क्यानडामा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ हुने

दहचोक पर्यटन वर्ष २०८१ सम्पन्न
_wI39JPEz6f_iiwdvkcgb7phpns9mxyuxfk478qnwhpycvfoyhiknujoemawzi1xpexwwwhu_CQ4sdydRpv_z5xmilvt5pofc5kqydfmkhdljebsqwdhtyovrlaiqntlnzqybchcaeipm5g9.jpg)
नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश
%2520(9)_p1Pkza8GN5_lonawvgtydysdfocjhcx139pcmstf7blq1vpbx2iqgn4we94po57rtkx9y0g_i8sUdFnI0s_vgzwbxu6zzzjf0enqk3pkkj6aaxdbe6sdmacook9lbqbe2j0aqlozgizn7ve.jpg)
पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्यतथ्य छानविन गर्न माग
_mzMXnOC3CJ_nkshz2u8fkmdh60zvh50a0hhevcn9eqpijl2dc6l6vxefq3lttszjjz4wohz_5h2C54mZYV_ef3t4jilw4wlvfxwfgamyyjlhdoe0pre0t5tcascxdkg4k4rypjfry2y7qsa.jpg)
मिसन र भिजन सही भए सधैं सफलता : उमेश श्रेष्ठ
%2520(31)_VqXysmDpwY_hnvm3nfi1fjzvucg52skdgr7ztpobpgo1ijry7pqrgvhtsyqj1q68tiknolh_U7X0ICBdof_bulzdaq3yhddeu2jengkiza90dqru1lgsuk4qqbwmiijlqbvf6tceyrch4js.jpg)
ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईंका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

प्रतिक्रिया