पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्यतथ्य छानविन गर्न माग
%2520(9)_p1Pkza8GN5_lonawvgtydysdfocjhcx139pcmstf7blq1vpbx2iqgn4we94po57rtkx9y0g_lrtB2aGtCS_y2hld4ucx4sfzbvaazivbaxovqdcbsxjwazvgla486inlf6ojxnr7yc2ccji.jpg)
काठमाडौं ।
भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरुमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन् । उनीहरुले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए । सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरुले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने र पीडित विद्यार्थीहरुले न्याय पाउनुपर्ने माग राखे ।
लम्सालको शंकास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरुमाथि ज्यादति र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन् । ‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरुले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो,’एक पीडित विद्यार्थीले भने ।
साथै प्रकृतिको मृत्यपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरुमाथि छानविन नभएको बताए । उक्त घटनाले नेपालीहरुको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरुको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरुलाई भेटेर उनीहरुको पीडा सुनिदिनु पर्ने उनको माग छ । पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_3rpr94ngc0_bhjp8i27b8zj7y0qapifgati15wgnzwjzxsuohyqqb7ckjqtes5tot0oakgz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_LayJvpksXo_tl8ckcxzpfcpwowwrmt9huemxbrwujkelvnscyx7xafkmvtdw3dy8hsevtbz.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_fT6AnSGa9V_t2qzssopupgn2ofspxcghv0igexbfkboej4xggkpbxxnjeidznzyndqe0gtk.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_OuvmTSdZa8_jwozbxyu7o4hatzyn2m5acadhk4pw97vw9aqhsqk9dfjwfedhxhoyxe793zn.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_WOVZ3g50BO_i0fi5mqrtumnfiv6djpiubp5k4kqp3f2lhotzml7rg3l6wycqboeuxabarcv.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_uzmhrHrXpJ_o8nbphnlw7dflfokfvqi7unhnynbobccqk7rgz0ku1l3rdwwrccmidujv1p3.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_CexsY1V5Ng_clsrnqpewjd89nkxfdxmg4typrktfi8xxh81jvhycqrkq8wodckle1bvs0q1.jpg)
प्रतिक्रिया