नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश
_wI39JPEz6f_iiwdvkcgb7phpns9mxyuxfk478qnwhpycvfoyhiknujoemawzi1xpexwwwhu_VpbQl1dcs5_wshuudxp1ubnm29jznr96qkr43ssqegavgyu4gwlmxs9pdgz7chnp9njcvzn.jpg)
जनकपुर ।
उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रुपमा कार्यालयमा काम गर्ने बातावरण मिलाउन आदेश दिएको छ । विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।
सो रिटको सुनुवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागनु १३ सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजमा अवरोध नगर्न भनेको हो । साह गत फागुन २मा विदेहको निमित्त प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी पाएका थिए । निमित्तको हैसियतमा कार्यरत साहलाई माघ २८गते नगरप्रमुख दासका छोराले हातपात गरेका थिए ।
सो हातपात भएकै दिन साहले नगरपाकिलाका ८० भन्दा बढी कर्मचारीलाइ स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने तह वृद्धि रोक्का राख्ने, नियुक्ति बदर गर्ने लगायतका काम गरेका थिए । यो प्रकरणमा विवाद वढ्दै गएपछि साहलाई नगरपालिकामा हाजिर हुन दिइएको थिएन ।
हाजिर गर्न नदिएपछि जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई प्रमुख जिल्ला अधिकारीले ४ दिनसम्म कार्यालयमा उपस्थित भएर काम गर्न वातावरण नबनाइदिएपछि साहले उच्च अदालतमा रिट दायर गरेका थिए । विवाद भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव मोहन कुमार श्रेष्ठलाई खटाइसकेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_uNMYgaFpih_mukunbyk8k9jdpm8myn829a4n9gjkuokygsjfmwc54fx8jyjnvhtsq8rinc4.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_ztjl5Ae0jZ_wciiqvzbtmzlq8dlgtnadakyuq4ehym4lpfjrhlt3fjp8kolnmyuofzguyse.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_TM4qDjMiNB_5phltddczxn9z3ujwnkevqhib37hefhde7zorg1lmtcp1r0thvbxe3dqsdyj.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_juzSlhLU5m_3razmrmanuyaydiahrni4vs9azdusdwisdokitmabck8kcmqa4b60muau7wg.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_zViMRljPyw_jcbzcitvwfyrr6fl5uge7kyrdwsv20w8wt2xap7fkxufrxlib53xvda8kkn6.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_ZgV0xTWcbk_2rzmhozt3eafbck5eop0vgaeytbo9xy8bb7mesfqnph9gycicgqzfinawjhq.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_lyXrkt8L2O_1ibq9czqtqfo0yrxfgh07qtabv4zhukfzi0vfsvonmkxy0kjnjo9bhlzxk50.jpg)
प्रतिक्रिया