प्रकृति लम्साल प्रकरणमा कोशीका सांसदको आवाज, पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीलाई पढाउने
%2520(3)_gw6o7AW5ZL_yzpthiziks51cfkrpxzxbudcxz4adbaoh9wfyp8jrhflzqyblhbegm9cxpqq_RKZLOFyyBP_dzpbteliwdpyy3rfcwca7jmgw5x82bemyy0lwvt9lcz2hfmomwpnrsl3tfre.jpg)
मोरङ ।
कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन् । शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूका सम्बन्धमा कूटनीतिक योजना बनाउन आवश्यक रहेको बताएकी हुन् ।
घटनाका बारेमा चिन्ता जाहेर गर्दै उनले भनिन्, ‘विद्यार्थीहरू जग्गा धितो राखेर पढ्न गइरहेका हुन्छन् । उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ त ?’
यस्तै राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कुनै पनि कूटनीतिक पहल नगरेको बताए । आफ्ना देशका विद्यार्थी र परिवारलाई समस्या पर्दा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ ।
भुवनेश्वरस्थित कलेजको होस्टलेमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भने नेपाल ल्याएर परिवारले दाहसंस्कार गरिसकेको छ । यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ । सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको हो ।
विश्वविद्यालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरूले अध्ययन पूरा नगरी फर्किएको अवस्थामा क्रेडिट ट्रान्सफर गरी पढाइने जनाएको हो । उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सर्फमर गरिने सूचनामा उल्लेख गरिएको छ ।
स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने सूचनामा भनिएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CPovk72QST_gsw8gtcb6g6lror4ppvisxekxs5qs6vyrmzyo8dybmljg910libqrnjo3b3p.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_NB6YRTslFi_gqwooz4g2ss9pp7rqxcebq2wctt6wrtucmwmhqtf6qjvoo1wcrqisyoc8xuv.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_C6m98Ey9zy_rtn0utzt63vskdleo6khiv4qsm4vexzogssvreydmunxlwvbcvt7wckbj8n1.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_x8nLuILc2l_mng8sbsped7lth96vd8dpxlihonbn7u5enoo6kunlar1oyeezawdbrx2qros.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_NVqDsMXDBg_0up3dvmgfxhwvspe2ljufryfduzslzuaxeiumn1f6lpwwjdlvzs9xqdrd0s6.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_Mjw2R6i7rj_337mkrtdrudohzntuxmusix1gombgez9jh6yqp0eiwbg4b1edbc8v75pwwds.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_sFPQP29rvl_iayilpr6kg1oiret7wqcr3htmjzn47tmf7cd0pppdnmzepmndsg3mjldwkih.jpg)
प्रतिक्रिया