विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नागदहमा भेटियो

काठमाडौं ।
विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो ।
साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी जाडो छल्न भारत हुँदै बसाई नेपाल आइपुगेको चराविज्ञ सुर्दशन कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वी साइबेरियाको बैकाल भन्ने लेकमा यी चराहरु बस्ने भएका कारण यसको नाम बैकाल गैरी रहेको हो ।
उनले भने, ‘यसको नाम बैकाल रहनुको कारण के हो भने साइबेरियाको बैकाल लेक अर्थात ताल क्षेत्रमा मात्र पाइने गर्छ । जुन झण्डै ६ सय किलोमिटर भन्दा लामो ताल हो । क्षेत्रफल पनि धेरै ठूलो छ । ३५ हजार स्क्वाएर किलोमिटर छ । संसारकै सबैभन्दा गहिरो ताल पनि हो । ताल झण्डै १७ सय मिटर गहिराइमा छ ।’
यी चराहरु जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्ने गरेको पनि उनले जानकारी दिए । उनले गत पुस १४ गते दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमान स्थलमा दुर्घट्नामा परी एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भएको घट्नामा यही बैकाल चराको संलग्नता रहेको बताए । यीनिहरु बथानमा उड्ने हुँदा उक्त विमानमा छोएको पुष्टि भइसकेको कार्कीले जानकारी गराए ।
उनले भने, ‘जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्छ । जस्तै कोरिया, साउथ कोरिया जस्ता देशमा पुग्छ । कोरियामा २०२४ डिसेम्बर २९ मा भएको विमान दुर्घट्ना एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भयो । त्यसबेला पाइलटलाई केही मिनेट अगाडि टावरले चराको क्रियाकलाप रहेको खबर गरिसकेको थियो । यी चराहरु ठूलो बथान लिएर उड्छन् । विमान दुर्घटनाको कारण पनि यिनै चराहरुले छोएर भएको भन्ने अध्ययनले देखाएको थियो ।’
उनले बैकाल काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भनियता पनि आफूले पहिलो पटक देखेको उनी बताउँछन् । ‘काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भन्ने छ । तर मैले चाँही काठमाडौंम पहिलो पटक देखेको हुँ,’ उनले भने त्यस्तै, बैकाल चरा फेला परेपछि फोटोग्राफरहरुको भीड लाग्ने गरेको र नागदह थप प्रसिद्ध भएको उनले बताए ।
हाँस प्रजातिको बैकालको बथानमा नै उड्ने विशेषता रहेको भन्दै साउथ कोरियामा १० हजारको बथान रेकर्ड भएको उनले जानकारी दिए । यसको वैज्ञानिक नाम ‘अनास फोमोसा फोरमोसा’ भएको पनि उनले जानकारी दिए । ‘यो हाँस प्रजातिको हो । यहाँ एउटा मात्र आइपुगेको छ । तर बथान नै उड्ने गर्छन् । जस्तै साउथ कोरियामा १० हजारको बथान उडेको रेकर्ड छ,’ उनले भने ।
२०११ सम्म बैकाल कम भइसक्यो भन्ने गरेको भएतापनि अहिले पूर्वतिर केही मात्रामा देखिरहेको कार्की बताउँछन् । फेब्रुअरी ११ अर्थात माघ ३० गते उक्त चरा नागदहमा आएको थियो । यसको साथै नागदहमा बैकाल बाहेक अन्य चराहरु पनि जाडो छल्न बसाइ सरेर आएको उनले जानकारी दिए ।
उनले भने, ‘गएको हप्तासम्म यहाँ पाँचवटा मल्हाड अर्थात पानी हाँस थिए । त्यसलाई हरित हाँस पनि भनिन्छ । एउटा पोथी र चार वटा भाले थिए, तर आज छैनन् । यीनिहरु झण्डै महिना दिन जति बसेर गए । अहिले यहाँ फेरोजेनेश हासहरु छन् । कुट, मरुल, मोरह्यान, सिम कुखुरा भन्ने पनि छन् । यी सबै जाडो छल्न नेपाल आएका हुन् ।’
प्रमिला कार्की ÷ नेपाल न्यूज बैंक
%2520(3)_gw6o7AW5ZL_yzpthiziks51cfkrpxzxbudcxz4adbaoh9wfyp8jrhflzqyblhbegm9cxpqq_MLNnkkacJX_5aghu7by7tvhttvla7bbk3dvv15ffzsqtcfcbqqugu7srtugjsvjl1lgfbwd.jpg)
प्रकृति लम्साल प्रकरणमा कोशीका सांसदको आवाज, पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थ…
_2nlSBntrKU_enru3yvxxpwzhnxanrhzwfmawsxbe7vsy0bapdivf5a6ajn02xyhd7otvaiv_k0wjjZNbkL_fnlcz2epsodn55y05ghet4hqwbqwjza2zxgxflbuzbvtexvpsrmi4cwat6e9.jpg)
राष्टपति पौडेलले धरानमा गरे धर्मशालाको उद्घाटन
%2520(10)_0VwkUc3x2d_ksaqa4m79iswgudvatfqvwdlqti3z504ol8ure3k41910rqhw3rfiowjcxcr_RrhmhMuMjj_fumf24eoonlcnbnrwkp9x7mjegqv2bl7nbndpm0p2n38riz5x3lv0qmz46ji.jpeg)
टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् : प्रधानमन्त्री
_hv2n55fAVj_ccwlyszke1nm8p5bc0x0nsybqvydpz17irg1by3oomzm6agduqjukmjdcm55_3CFnTS1jZh_rvnko7tzx2e1pn52li6klwobax1lbfh1ux0cf8y4zk31it7odokhoyne63qy.jpg)
शिवरात्रीका लागि चिरिच्याट्ट बनाइँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान
%2520(15)_c6lZEeg9vu_va0rkw2rk86nuzw30wfjnktrcoytwjawhbwepylviiik8my7k3y1h7ofu7ka_g02cYHOJd4_ckclvozv0g9v9cnuhefvmxcu19txrgsgqlfn3x5doqnavcepbar3vicgludf.jpg)
नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर
%2520(32)_KQT8lhAvqw_qlmad3dx74d3id5bxtyr0hiwvn11rc0zc3qkgsswvexs4olpoi4qwchzkr6z_4loWtFZOzx_jepwobrhbiqueyddvgjoi1rmkqbnotbsxm1stiy6c6s8buui0dpicvim8rv3.jpg)
क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित
%2520(14)_qOSa4NXKLH_twn6sctbbzxl7mjrtjdnj8q34ddrlnfbyv7buh1tcg6ekthkieumqxlagnkj_nED9IOJ5vh_iej9czhtrryqwugviksolxatphjyxxggrgckvwvokvy05knbmzgkgkwewfak.jpg)
३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्…
%2520(2)_aIQFyolOQc_6lredzzjfu54zpoh29cizf2lgqvjwfw5qiljtrpi66peuvghlaqiy5jykdje_uNgKyyCRlE_pnwqum9vgangjlcgyidobzst8epemgsk31gyuprlsby2ziqqjvlsvunh15rc.jpg)
प्रतिक्रिया