ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
_hyVsxCt55M_80gxmzke3tq1klk4jt4ejq1x7jbdksltechrwzv9uycopu7rmyxyvpd0eagt_tNzrCS4fV3_fopnf53dm4dt8kvupgwtzd6lfnms4x2rpzdefistnbujy6h8mc19brs2r4nv.png)
ललितपुर ।
ललितपुर महानगरपालिका डिजिटलमैत्री बन्दै गएको छ । विशेषगरी घरजग्गा, नक्सा पासमा कागजी प्रणालीबाट दिग्दार भएका महानगरबासी अनलाइन नक्सापास हुन थालेपछि उत्साहित छन् । बायोमेट्रिक सिस्टम एवम डिजिटल सिक्नेचरमार्फत घरमा बसी बसी घरजग्गा पास गर्ने प्रणालीको विकास गरिएपछि महानगरबासीलाई सहज भएको छ ।
दुई बर्षअघि नै यस्तो प्रणाली अभ्यासमा ल्याउने तयारी थालेको महानगरले ढिलागरी पुस पहिलो हप्ताबाट अनलाइन नक्सा पास प्रयोगमा ल्याएको हो । महानगरका सहरी विकास प्रमुख श्रीकुमार महर्जनका अनुसार उक्त प्रणालीको प्रयोग अन्तर्गत एक महिनाको ट्रायल पिरियड सकिएकाले अब नियमित काम सुरु भएको छ ।
‘एक महिना ट्रायल फेस पनि गरिसकेका छौं । ट्रायल गर्दा सबैजनाको सकरात्मक प्रतिक्रिया पाएका थियौं । समस्या केही छैन । कहिलेकाँही सफ्टवेयरका कारणले समस्या आउने गर्छ । तर अहिलेसम्म सर्भिस डेलिभर भएको छ । पुसको २ गते महानगरपालिकाको जन्म जयन्तीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विधिवत रुपमै सुरु गरिसकेका छौं,’ उनले भने ।
यसको साथै, उनले पुस २ गतेबाट सुरु भएको काम अहिलेसम्म अस्थाई रुपमा दर्ता भएका फाइलहरु ६० देखि ७० वटा पास भइसकेको बताए । उनले अनलाइनमा डिजिटल सिग्नेचरमा खासै ठूलो विषय नभएको बताए । उनले नक्सा पास गर्दा इन्जिनियरको सहयोग र सुझाव आवश्यक पर्ने बताए । पहिला सिग्नेचर(हस्ताक्षर) कापीमा गर्ने गरेको तर अहिले बायोमेट्रिकमार्फत हुने र यस्तो सिक्नेचर नक्सा पासको लागि मात्र नभइ अन्य काममा पनि प्रयोग हुने बताए ।
नक्सा पासको लागि डिजिटल सिग्नेचर लिनैपर्छ भनेर जनतालाई बाध्य नबनाएपनि डिजाइनरले भने बायोमेट्रिक गराएर मात्र नक्सा पेश गर्ने व्यवस्था गरिएको पनि महर्जनको भनाई छ । बायोमेट्रिकमा तीनवटा फिचरहरु थम, सिग्नेचर र फेसको व्यवस्था गरिएको उनले जानकारी दिए । ‘डिजिटल सिग्नेचरको लागि अहिले पेन्ड्राइभ सिस्टममा नै छ, यसमा आफ्नो पासवर्ड भएपछि जुन ठाउँमा बसेर पनि प्रयोग गर्न सकिन्छ । जो मान्छे विदेशमा बसेर नक्सा पास गर्न चाहन्छन् त्यस्तो मानिसको लागि पेन्ड्राइभ सिस्टम एकदमै सजिलो भएको छ, उनले भने ।
महर्जनका अनुसार अनलाइनमार्फत निवेदन दिएपछि इमेलमार्फत सफ्ट टोकन भनेर उपलब्ध गराउने व्यवस्था छ तर त्यसको लागि भने एउटा पासपार्टको म्याद भएको फोटोकपी, दोस्रो भिसाको कपी र अर्को एराइबलको पेपर भएपछि नेपाल बाहिर बसेर नक्सा पास गर्न आवेदन लिन सकिन्छ ।
अनलाइनबाट नै पेमेन्ट गर्ने व्यवस्था भएपछि नेपाल बाहिर बसेर पनि नक्सा पास गर्ने काम सुरु भएको अवस्था छ । भौतिक रुपमा नगरपालिकामा नै आउनुपर्छ, भन्ने अवस्थाबाट ललितपुर महानगरपालिका बासीलाई मुक्त गराएर ठूलो उपलब्धि गराइएको महर्जनको भनाई छ ।
अनलाइन प्रणालीले नगरपालिकालाई तिनुपर्ने करहरु तिर्न पनि भौतिकरुपमा उपस्थित हुनुनपर्ने सजिलो भएको छ भने नक्सा पासको पेपर मेलमा फरवार्ड(पठाउनु) गरेपछि नगरपालिका आउनुपर्ने झन्झट पनि नहुने उनको भनाइछ । नयाँ प्रविधि भएर स्वीकार गर्न गाह्रो भएपनि यसले कामहरुलाई एकदमै सहज बनाउने विश्वास पनि महानगरले लिएको छ ।
महानगरले नक्सा पास गरी भवन बनाइरहँदा पनि परिवर्तन गर्नुपर्ने कुरा र नक्सा पास नगरी घर बनाउने अवस्थाको लागि भने कार्यबिधि पास गरेर प्रकाशन गरेको महानगरले जनाएको छ । यसको लागि फागुनको आठ गतेबाट विधिवत रुपमा निवेदन स्वीकार गर्ने काम पनि सुरु भएको छ ।
नक्सा पासको लागि महानगरमै आउनु नै पर्छ भन्ने जरुरी पनि छैन । यसका लागि डिभाइस पनि उपलब्ध गराइएको छ । त्यसको अलवा प्रत्येक वडामा पनि एक एक वटा डिभाइसहरु उपलब्ध गराइएको छ । वडाबाट पनि बायोमेट्रिक गरेर पठाउन मिल्छ ।
घरधनी आफैंले पनि आफ्नो काम कहाँ पुग्यो, किन रोकियो, कति दिन रोकियो, कसले रोक्यो भनेर सबै हेर्न मिल्ने व्यवस्था पनि भएको हुनाले अनियमितताको पाटो हटेर पनि उनको विश्वास छ ।
नेपाल सरकारको सर्भर प्रयोग गरिरहेको महानरले चाँडै आफ्नो अलग्गै सर्भरको डिजाइन गर्ने पनि उनले जानकारी दिए । नक्सा पास र राजश्व संकलन अनाइनबाटै हुने भएकाले सेवाग्राहीलाई सहज भएको ।
सबिता नयाँजू, नेपाल न्यूज बैंक
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_emhf4RXGmk_sswnhc8ecso1wetwxayizzz9hpezdslk5ofxdxsh2kucisni4paxjriam0yp.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_vrQf8FX1Ka_b2qtidpgiarujxclzhcyjeit9l2tybn4apvhatjmjgxum5mopgrmenwuhyrz.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_SGQsmumQgi_k5yty4zccyrt9vezwcptzyugibokpjx9twihby6zmo0rk3hqcn2qotahvf7c.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kYzoFCSx9B_bgmtkyv24eknuqpfysmjwltfxolee2awem8olb8xahyaoanyrewdrk0czyeq.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bCVd9IwloT_clzq8isma3vlnm2kbiac3bmrwwkh570ktsdvbckp69safqvxi2nntgtvixhs.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_DOhXc7FexO_1sgoneeqdpimihvmpcumqtqne9pzezsnz6jdrogcmrt80btrpbxgts91dq3g.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_z6qqJK2aUm_bjzolnfcvxyyavoftvpivdhdj2oh4yx395qtrkwsvghtkgzv5au5prk2fhab.jpg)
प्रतिक्रिया