लगनखेलमा पोखरी संरक्षणका लागि भवनहरु भत्काउन थालियो

काठमाडौं ।
ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरु भत्काउने काम सुरु गरेको छ । ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।
उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरु हटाएर पोखरीलाई सबैले हेर्नसक्ने बनाउनको लागि भत्काएको बताए । उनले भने, ‘ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सप्तपातल पोखरी बनाइरहेका छौं । सँगै राजदलले लिइराखेको लगभग ३० रोपनी क्षेत्रफलमा रहेका तीन वटा पोखरी पनि फिर्ता लिएका छौ । त्यसको पनि संरक्षण भइरहेको छ । यसै सन्दर्भमा लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ । यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन् होला । यसलाई सुधार गर्दैछौ । तर पोखरीलाई बटुवाहरुले कति ठूलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौं ।’
यसको साथै, उनले उक्त स्थानमा वडा नं ५ को कार्यालयलगायतका भवनहरु रहेको पनि बताए । उनले भने, ‘यही ठाँउमा वडा नं ५ को कार्यालयलगायतका भवनहरु धेरै पहिलादेखि बनिरहेको हुनाले ति भवनहरु सबै भत्काउदैँछौ । यहाँ रहेको न्हुँ पुखुको बारेमा धेरै मान्छेलाई थाहा छैन् । यस्तो ऐतिहासिक न्हुँ पुखु छ तर छोपिएको अवस्थामा भएको कारणले कसैले देखेको छैन् । त्यसकारण अब यो सबै भवनहरु हटाएर पोखरीलाई राम्रो बनाउछौ ।’
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CPovk72QST_gsw8gtcb6g6lror4ppvisxekxs5qs6vyrmzyo8dybmljg910libqrnjo3b3p.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_NB6YRTslFi_gqwooz4g2ss9pp7rqxcebq2wctt6wrtucmwmhqtf6qjvoo1wcrqisyoc8xuv.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_C6m98Ey9zy_rtn0utzt63vskdleo6khiv4qsm4vexzogssvreydmunxlwvbcvt7wckbj8n1.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_x8nLuILc2l_mng8sbsped7lth96vd8dpxlihonbn7u5enoo6kunlar1oyeezawdbrx2qros.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_NVqDsMXDBg_0up3dvmgfxhwvspe2ljufryfduzslzuaxeiumn1f6lpwwjdlvzs9xqdrd0s6.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_Mjw2R6i7rj_337mkrtdrudohzntuxmusix1gombgez9jh6yqp0eiwbg4b1edbc8v75pwwds.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_sFPQP29rvl_iayilpr6kg1oiret7wqcr3htmjzn47tmf7cd0pppdnmzepmndsg3mjldwkih.jpg)
प्रतिक्रिया