बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक
%2520(5)_Gi3rLwGlzk_zcet5efsiaclu5neuvigquruh77u6ey2jfokpu6ybdo19z8encwbpglkwfvn_E9MJGDKVy6_5g3e9rdjaq58ajwmkthuymqpnhqrrzwaflyuxpcdb2zfuvl77jap2ikn8l0e.jpg)
काठमाडौ ।
ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले मनमोहक यो पोखरी पर्यटकको पर्खाइमा छ ।
केही समय अगाडि नागदह अवलोकन गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । तर अहिले न त्यहाँ डुङ्गा चल्छ न त पर्यटकको चहलपहल नै देख्न सकिन्छ ।
ललितपुरको २४ वडामा अवस्थित यो ऐतिहासिक एवम सांस्कृतिक स्थल पूरै प्रदुषणको चपेटामा छ । पोखरीको पानीमा स्थानीयबासीले खुलमखुल्ला रुपमा लुगा धुने र नुहाउने गर्दछन् । दहको वरिपरि फोहोर देख्न सकिन्छ । वेवारिसे अवस्था रहेको उक्त दहको सरसफाइमा सम्बन्धित निकायको ध्यान जान नसकेको नागदह संरक्षण तथा सुधार समितिका पूर्वअध्यक्ष गणेश श्रेष्ठ बताउँछन् ।
कुनै समय आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्र नागदह अहिले सुनसान रहेको पूर्वअध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार लगभग १३ वर्ष अगाडि बैशाखमा नागदहमा सयर गरिरहेका चार जना यात्रुहरु डुङ्गा डुबेर मृत्यु भएपछि त्रासको वातावरण छ । ‘त्यसबेला डुंगामा पानी छिरेर सयर गरिरहेका यात्रुहरु दहमा डुबेका थिए । त्यसपछि यहाँ त्रासको वातावरण बन्यो । त्रासलाई चिर्ने किसिमका गतिविधि गर्न कसैले ध्यान दिएनन् । त्यही समयदेखि नै आन्तरिक र बाह्य दुबै पर्यटकहरु घट्दै गएको हो,’ उनले भने ।
‘१३ बर्ष पहिले डुङ्गामा पानी छिरेर चार जनाको मृत्यु भएको थियो । डुङ्गामा पानी कसरी छिर्यो भन्ने थाहा भएन । तर त्यो काठको डुङ्गा थियो । त्यसबेलादेखि पर्यटकको संख्या घट्दै गयो । पर्यटक आकर्षित गराउने गतिविधितर्फ सरकारको पनि ध्यान गएको छैन् । त्रास कम गराउने प्रयास भएको छैन् । नयाँ पिँडीले पनि ध्यान दिएनन्,’ उनले भने ।
लगनखेलबाट नागदह चार–साढे चार किलोमिटर मात्र टाढा रहेको हिसाबले झन धेरै पर्यटक आउनुपर्ने वा चहलपहल हुनुपर्नेमा न्यून हुनु दुःखद भएको उनले बताए ।
उनले भने,‘लगनखेलबाट नागदह धेरै टाढा पनि छैन् । चार–साढे चार किलोमिटर छ । त्यो हिसाबले त मान्छे टन्नै आउनपर्ने हो, चहलपहल धेरै हुनुपर्ने हो । विगतमा चहलपहल राम्रै थियो । तर अहिले त शून्य नै भन्नुपर्छ । नागदहको संरक्षणको लागि पूरै समय दिएर काम गर्ने समिति नआएसम्म केही हुँदैन् र कम्तिमा पनि २० जनाको टीम चाहिन्छ । नागदहलाइ व्यवस्थित गर्न, सरसफाईदेखि लुगा धुनेसम्मका कामलाई व्यवस्थित गर्ने काममा युवाहरुले अगुवाई गर्नुपर्छ ।’
बासुकी नागराजको बास भएको विश्वास गरिने नागदहमा बर्षमा दुईपटक भने भव्य मेला लाग्ने गर्दछ । नागपञ्चमी र ऋषिपञ्चमीमा दुई पटक भव्य मेला लाग्ने गरेको श्रेष्ठले बताए । पहिलेजस्तो निस्वार्थ भावनाले स्वयंमसेवकको रुपमा काम गर्ने मानिसको अभाव हुँदा पनि नागदहमा आन्तरिक र बाह्य दुवै पर्यटक खस्किँदो अवस्थामा रहेको उनको ठम्याई छ ।
राज्यले सिस्टममा र कागजी रुपमा जति व्यवस्था गरेपनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन गर्न नसकेको उनको गुनासो छ । ऐतिहासिक पोखरीहरुलाई कसरी संरक्षण र प्रवद्र्धन गर्ने भन्ने राज्यको दृष्टि नै सही नभएको उनको भनाई छ ।
‘नेपालमा सिस्टम छ तर कागजमा सिमित छ । व्यवहारिक कार्यान्वयन छैन् । पाँच छ महिना अगाडि समितिलाई पुनःगठन गरिएको थियो । जुन आफै दर्ता छैन् । स्वंयमसेवकहरुको अभाव छ । पोखरीहरुलाई कसरी संरक्षण र संर्वधन गर्ने भन्ने राज्यको दृष्टि नै छैन्’, उनले भने । नागदह ५२ रोपनी क्षेत्रफलमा रहेको भन्ने गरिन्छ तर आफूले धेरै पटक नाप्दा ५० रोपनी दुई आना क्षेत्रफलमा रहेको पाइएको उनले बताए ।
प्रमिला कार्की ÷नेपाल न्यूज बैक
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_RDmdAurC1l_32w6us3tys6o09tcoy18yhgtrpqzrw7ieyiupvo9sbqf5zltyp3c0gvkd54d.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_KwRZVUNPhI_z7jncrxecijlrmlirxdpaiti3phgrlxrvahfokozwgrytfnqzmvyyeocqda8.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_vlRBxvca55_tonfplrkm6wkoaem5chjevtw8n6os6ogtkdo3mclgc8vglsgzjhiyduclxm6.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_HKOgxAdDDk_kakoaf4m8xs6b8gcyngrw9a5qdhvg1vuczuperi1e00uwo1lj6arnjvsnzmz.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_wSgsayeEHn_r5addym7ldwundtnucdhfgoec06ucajcvanamcigrfffkohkvn0pp96ehuhn.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_JbaJXdHENb_qsmvgltuut9tit6kbtv19mrcjm8rzq1ozrkfebspho2kjc7nznk6nebdfgmz.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_jzPTsHpXnH_z4ls7tnuwzpgg3gpviqclfld27tubh7zjhxenknq1y2hzagggagcbtb7lzm2.jpg)
प्रतिक्रिया