मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को
%2520(1)_fBvOkhhNWy_xk9xfe75pmrth8bdbjpekej81qzjtm2qhyeye2fjhtmih9jibfg9vfxuvozf_y5w8BeWeEi_2prcofte1ucbjwaxtnlm0w35oolt97ln4httbi4cfi3pxfz8d2sfnu2imz9y.jpg)
जनकपुर ।
मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । बिहीबार फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको छ । आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रवार बिहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ । श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने गर्छन ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।
सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
कञ्चनवनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्छन् । अन्तरगृह परिक्रमाको भोलीपल्ट जनकपुरमा होली खेलिने परम्परा रहेको छ । परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता हुने भएकाले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_aRuq3HjP1z_r4y8tw3hop3uoz2dnis6zka9o1tethng0nb8ofglhfrqgq2bhlqbfr0el8fz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_tSodbB8Spt_tqlyptq0eu2igvxsrk2vno4barxknteld9o1o5wvcp5dhlgbb3p2hsdufmoe.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_F1bbpLxvxf_mcjaautpamqfjzlba2hjdx4m8up36x6pzfxcjp8trchirqqhegr0ohhvc0gm.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_iov2VFlMwo_sqwepgzuocrxkpeuhloxetfraz7icc8aptihrw6rsxdh3c9eessdec7owzjk.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_y8GoFiIaHX_uapwm5v8isv6rajxdr5giwcyqbi69ofhellcpgped2exetifal8xmqixmxir.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_2NeHyHvOP2_mrwvdcmufrppysmfhrbefffn2cmesp8ulswor46sszv5y88yzoshbskbzgsc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_iTguKEgTpH_fhcjnhgbluypzw3ptvqdocvxvfhxk9uf65ruyocmwcsg7h453w3fyplrxmd5.jpg)
प्रतिक्रिया