वीर अस्पतालमा दुई सिफ्ट अपरेशन गरिने, प्रयोगशालाको क्षमता वृद्धि गरियो
_MrnD8CFDZS_6gl58gbvlfkv8ktqroivzubetpiqfslumtnaoantmd4rdeqknxveoohmxvw6_wZaLcUh7CJ_x736gkpbupipvzls7g5apt8knitmgrxoayhhgdbjwtgy1x5vgluwhofzacas.jpg)
काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा.समाज गौतमले बताए । ‘अहिले एक सिफ्टमा भइरहेको छ,’उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’
ल्याब क्षमता वृद्धि
निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं, उनले भने, बाहिर प्रयोगका लागि गइरहेको परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।
डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ, उनले भने, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।
सफाइका लागि काम शुरु
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए । हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं, उनले भने, यसको नतिजा पनि चाँडै देखिनेछ ।
डा. गौतम एक साताअघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_FNcGrTUMGH_0lgjyrhhbh826l2fx9yfg4hulcief15goiqnvjgzb1zfuuknkbhkx38jlpbe.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_HOk036CqyK_kmgnjpmpkll4cqjghaaj0vic28mzrjgs4supqmijr8oeqwg86v8syjmxwwhu.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_QJFUUhkfrn_xkbpae6gecobav1csnrzbwyrk7odeq8ktx2ecmdo9do3vh8tiqw4lrjclzda.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_TF9LHnJrtL_uoblxxyj0ogmosoqmewuabgxn2cjllflkqcptjtvr5csztqti1fx6rib3lxe.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_orRtryHZpe_pccbueox6s6eyqsligjzxlquljag5yxcobwg10j6j2elk0jshkmaum1e5jaf.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_Ay5tpBC11o_w20hfkve9zjufrp6jfxhkyt7dvthvdas7rkhodmdbgor6cnbhbn1ody5irxg.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_50PjYcJkQ6_n8bgiyln3fk0ry0my5broys8tdf1mwnaykg9fpdzloflqkhmcxes9hxemiex.jpg)
प्रतिक्रिया