खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू
_IyeWsGNAA6_ujx6z0lucftbnf4idn9resd4j1ynt7wykzluc3m3hywmm4efdges8zdq18zj_WCsRA1sY5l_9nctx7m26fu0jqmovymvedwfszusqenm2f22lp9wrjmeoa51eapi6joftu8q.jpg)
रामेछाप ।
मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ । गाउँमा मानिसहरू बस्न छाडेपछि पुराना सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा ढल्न र नष्ट हुन लागेका छन् । ती सम्पदाहरूको संरक्षणमा ध्यान नदिने हो भने केही समयमा नै नष्ट भएर जाने अवस्था सिर्जना भएको छ ।
गाउँमा मानिसहरू बस्न छाडेपछि बौद्ध धर्मालम्बिले आफन्तहरूको स्मरणमा बनाएका पुराना मानेहरू (छ्योर्तेन) नष्ट हुन लागेका सुनापति गाउँपालिका–४ बेथानका राजकुमार मैनाली बताउँछन् । वर्षौँ पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरू अहिले खण्डहरमा परिणत भएका उनले बताए । ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै सहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ’, उनले भने ।
सुनापति गाउँपालिका–४ भ्वासामा रहेका यस्ता पुराना मानेहरू ढल्ने अवस्थामा पुगेका मैनालीले जानकारी दिए । ‘ती संरचना १ सय ५० वर्ष भन्दा पनि अगाडि हुन्, संरक्षण हुन नसक्दा खण्डहर भएका छन्, कुनै पनि बेला माटोमा बिलाउने अवस्था छ’, उनले भने ।
सुनापति–४ बेथानका अम्मरध्ज तामाङ यस्ता प्राचीन धार्मिक र सांस्कृतिक सम्पदा जोगाउने कुरा चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । ‘ती सम्पदा बनाउनेका सन्तानहरू गाउँ छाडेर हिँडे, गाउँमा बस्नेले त्यसको संरक्षण गर्न सक्ने अवस्था छैन, यस्ता संस्कृति र सम्पदा स्थानीय सरकारले संरक्षण नगर्ने हो भने सबै नष्ट हुन्छन्, इतिहास नै मरेर जान्छ’, उनेले भने ।
बेथाको मात्र होइन जिल्ला भरिकै अवस्था यस्तै छ । अहिले यस्तै प्राचीन ऐतिहासिक माने, छ्योर्तेनहरु, मन्दिर, धारा, चौतारा, पँधेराहरू संरक्षणको पर्खाइमा छन् ।
संरक्षण नहुँदा नेपाली परम्पराको पहिचान दिने ती सम्पदाहरू बिस्तारै नष्ट हुँदै गएका छन् । यसको संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको ध्यान जान आवश्यक देखिएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_QxQn67ojHk_l7t3w2fmt3gvdbwccyfhy3gfsomtwxjwbmmzwmk3veoi0s6xmjaqroobvyyc.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_PBqQEGJCbm_ypu1npcdpnamf8dwgfpeuka7kps0t2cx1qlfk5cyiis3usyksixfdnicanov.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_DXdT9rRAf7_0pcjgzffjddwh6vmpmezpjmq6udax6qs1ciwosiffynut5dyzsdig2w31fm0.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_BSA2w1ixPp_9rgctaltt2kiecd2bu4uzpxjqmudmvrmsloqfaf8dy2i2r83n17d2bcupp3w.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_yyDMjsz07d_ugrbydq4b5boes2nz2brcndgva1kot4olwc1o80incedsd0mwqblqloeywki.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_KgU80XsC4R_ocgdblyjdif3hoc91cfpdtd9bpweyp7y4xr31bridrwavl4jdwjaghyjr9qk.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_iTguKEgTpH_fhcjnhgbluypzw3ptvqdocvxvfhxk9uf65ruyocmwcsg7h453w3fyplrxmd5.jpg)
प्रतिक्रिया