सरकारलाई जिम्मेवार बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउने दायित्व पनि सदनमाथि रहेको बताए ।
उनले भने, ‘संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व अहिले तपाईंहरुको काँधमा रहेको छ ।’ राष्ट्रपति पौडेलले कतिपय महत्वपूर्ण कानूनहरू बन्न नसकेको र संसदमा जनताका जल्दाबल्दा समस्याहरूमा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको सन्दर्भमा संसदको नेतृत्वकर्ताका हैसियतलले यो अवस्थालाई हटाएर संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रुपमा विकसित गर्न अग्रसरता र तत्परताको आवश्यक रहेको बताए ।
उनले, ‘संसदीय अभ्यासबाट सिक्ने अवसरलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सक्षम, जवाफदेही र जनउत्तरदायी संसद् निर्माण गर्न तपाईंहरूबाट अतिरिक्त तत्परताको अपेक्षा लिएको छु ।’ उनले संसदले प्रभावकारी कानून निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने स्पष्ट पारे ।
सभाहरूले समावेशी, दीर्घकालीन र विकासमैत्री कानूनी संरचनाहरू निर्माण गर्न तथा र प्रभावकारी संसदीय निगरानीको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रपति पौडेलको धारणा थियो ।उनले भने, ‘कानून निर्माण तथा संसदीय कार्यहरूमा पारदर्शिता लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो । अतः संसद्को भूमिकालाई अझै मजबुत बनाउँदै संघीयताको सफल कार्यान्वयनका लागि तपाईंहरूबीच सहकार्य अपेक्षित छ ।’
राष्ट्रपति पौडेलले संसदले परम्परागत विधिहरूमा मात्र सीमित नभई, समसामयिक चुनौतीहरूको सामना गर्न नीतिगत सुधार, समन्वय र नवीन समाधान अपनाउनुपर्ने भन्दै संसदीय सहकार्यबाट साझा समस्या हल गर्न सकिन्छ भन्ने बिर्सन नमिल्ने उल्लेख गरे ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_aRuq3HjP1z_r4y8tw3hop3uoz2dnis6zka9o1tethng0nb8ofglhfrqgq2bhlqbfr0el8fz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_tSodbB8Spt_tqlyptq0eu2igvxsrk2vno4barxknteld9o1o5wvcp5dhlgbb3p2hsdufmoe.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_F1bbpLxvxf_mcjaautpamqfjzlba2hjdx4m8up36x6pzfxcjp8trchirqqhegr0ohhvc0gm.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_iov2VFlMwo_sqwepgzuocrxkpeuhloxetfraz7icc8aptihrw6rsxdh3c9eessdec7owzjk.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_y8GoFiIaHX_uapwm5v8isv6rajxdr5giwcyqbi69ofhellcpgped2exetifal8xmqixmxir.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_2NeHyHvOP2_mrwvdcmufrppysmfhrbefffn2cmesp8ulswor46sszv5y88yzoshbskbzgsc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_iTguKEgTpH_fhcjnhgbluypzw3ptvqdocvxvfhxk9uf65ruyocmwcsg7h453w3fyplrxmd5.jpg)
प्रतिक्रिया