अक्कल कोपीला फाउन्डेसनबाट विद्यार्थिलाई स्टेशनरी सहयोग
%2520(36)_QDmni4HBzZ_80evlbky9ilagofn1vx7bn4buzy974drseds5nphm1lxyvqz1frwbw1jidqh_USVFWsekkJ_mqprdejheprd57lgqvodbca77kz4lgfztpyliscqbvuseikjxtagypkdkoab.jpg)
मुगु ।
मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका क्षेत्रका ४६ वटा सामुदायिक विद्यालयहरूको विद्यार्थीलाई अक्कल कोपीला फाउन्डेसनले स्टेशनरी सामान सहयोग गरेको छ । फाउन्डेसनले १० वटा विद्यालयमा अध्यनरत १ हजार ७१ भन्दा बढी विद्यार्थिलाई कापी, डटपेन, कटर, इरेजर, पेन्सिल, साबुन र अन्य सरसफाई सामग्रीहरूको २ लाख रुपैयाँ भन्दा बढीको सहयोग प्रदान गरेको हो ।
अक्कल कोपीला फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले जानकारी गराउँदै भने, ‘मुगु जिल्ला शिक्षा क्षेत्रमा अन्य जिल्लाहरूको तुलनामा केही पछि परेको महसुस गर्दै राज्यका तीन तहबाट नियमित रूपमा सुधारका प्रयासहरू भइरहेको छ । यसैक्रममा, हामीले नगरपालिका भित्रका १० वटा विद्यालयका विद्यार्थिहरूलाई यथासम्भव सहयोग गर्न खोजेका हौं।’
फाउन्डेसनको पहिलो चरणको सहयोगमा बालै, लुम, आटिखोला, कम्फा, लुम्स, बाम, सालिम, रङचेकाटी, झ्यारी लगायतका समुदायका १० वटा विद्यालयका १ हजार ७१ विद्यार्थिहरू लाभान्वित भएका छन् । प्रत्येक विद्यार्थीलाई ५ वटा कापी, ३ वटा पेन्सिल, १ वटा कटर, १ डटपेन र अन्य सरसफाई सामाग्री वितरण गरिएको छ । यस सहयोगले विद्यार्थिहरूलाई ठूलो राहत पुगेको र शिक्षा क्षेत्रमा थप उत्साह थपिएको विद्यालयका प्रधानाध्यापक तिर्थ बहादुर रोकायाले बताए ।
अक्कल कोपीला फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले थप भने, ‘हामीले मुगु जिल्लासहित देश र विदेशमा पनि विभिन्न प्राकृतिक प्रकोप, आपतकालीन अवस्थाहरूमा पीडित र असाहय वर्गलाई सहयोग गर्दै आएको छौं । यसै प्रकारले विभिन्न समुदायका बस्तीहरूमा बाटो, धारा, पाटी, मसानघाट, ओखल, मिल, धर्मशाला, खेलकुद, शिक्षा, समाज सुधार र अन्य क्षेत्रमा अनुदान सहयोग गर्दै आइरहेका छौं।’
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_aRuq3HjP1z_r4y8tw3hop3uoz2dnis6zka9o1tethng0nb8ofglhfrqgq2bhlqbfr0el8fz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_tSodbB8Spt_tqlyptq0eu2igvxsrk2vno4barxknteld9o1o5wvcp5dhlgbb3p2hsdufmoe.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_F1bbpLxvxf_mcjaautpamqfjzlba2hjdx4m8up36x6pzfxcjp8trchirqqhegr0ohhvc0gm.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_iov2VFlMwo_sqwepgzuocrxkpeuhloxetfraz7icc8aptihrw6rsxdh3c9eessdec7owzjk.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_yyDMjsz07d_ugrbydq4b5boes2nz2brcndgva1kot4olwc1o80incedsd0mwqblqloeywki.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_2NeHyHvOP2_mrwvdcmufrppysmfhrbefffn2cmesp8ulswor46sszv5y88yzoshbskbzgsc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_iTguKEgTpH_fhcjnhgbluypzw3ptvqdocvxvfhxk9uf65ruyocmwcsg7h453w3fyplrxmd5.jpg)
प्रतिक्रिया