प्याब्सन भक्तपुर र काठमाडौँ फन भ्यालीबीच सहकार्यका लागि सम्झौता

भक्तपुर ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन भक्तपुर र काठमाडौँ फन भ्यालीबीच सहकार्यका लागि सम्झौता भएको छ। भक्तपुरको पलासेमा रहेको काठमाडौँ फन भ्याली र प्याब्सन भक्तपुर बिच बिशेष छुट सम्झौता भएको हो । छुट सम्झौता भएसँगै भक्तपुर प्याब्सनमा आबद्ध सम्पूर्ण सदस्य विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले भक्तपुर जिल्लाको पलासेमा अवस्थित उत्कृष्ट मनोरमञ्जन स्थल , जहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले रमाइलो गर्न सक्ने काठमाडौँ फन भ्यालीमा आकर्षक छुटको लाभ लिन सक्ने भएका छन्।
फन भ्याली पलासेमा बिशेष समारोहका बिच उक्त सम्झौतामा काठमाडौँ फन भ्यालीका र्निदेशक सुजन थापा र प्याब्सन भक्तपुर अध्यक्ष राजन कश्पालले हस्ताक्क्षर गर्दै प्याब्सन भक्तपुर जिल्ला समिति सदस्य बिघालय अन्र्तगतका विद्यार्थी तथा शिक्षकहरूले वैशाख र जेठ महिना प्रवेश शुल्कमा १०% छुट , अषाढदेखि विद्यार्थीहरूका लागि १२% छुट तथा शिक्षक एबम् कर्मचारीहरूका लागि विद्यालयको कार्ड साथमा लिएर आउँदा २०% छुट पाउने प्याबसन भक्तपुर जिल्ला अध्यक्ष राजन कश्पालले माइन्युज नेपाललाई बताउनु भयो ।
यो विशेष छुट प्याब्सन भक्तपुर अन्तर्गत रहेका सम्पूर्ण सदस्य विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरूका लागि लागू हुनेछ। प्याब्सन भक्तपुर र काठमाडौँ फन भ्यालीको यो सहकार्यले विद्यार्थीहरूलाई पढाइको थकान मेटाउँदै रमाइलो गर्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।
काठमाडौँ फन भ्यालीले सानो पोखरीदेखि उच्च स्लाइडिङसहितको पोखरी, बालमैत्री खेल सामग्रीदेखि दुई–तीन सय वर्ष पुराना ऐतिहासिक सामग्रीहरू समेटेको संग्रहालय लगाएत विभिन्न आकर्षणहरू प्रदान गर्दछ। यहाँ सबै उमेर समूहका व्यक्तिहरूले भरपुर आनन्द लिन सक्नेछन्। साथै, विद्यार्थीहरूका लागि सहुलियत दरमा स्वस्थ खाजाको व्यवस्था पनि गरिएको छ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ykDxDYRDFA_8g6n3yqkartjmmnin9oc01arvelyqvsmpuvoi7hcqauzuvy0emzzmh1ne7dv.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_xhSVynYo4c_yief111vh8dg3hrpgcbldtkgw2jsyhywzxux9npqv5gmobgsujgkmzpwf1hd.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_cctDBVXwTN_ryhwboslclx7rwmoxd74epdoinnxa3xepmcmnelwkvjsfgrideglsmrqge38.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_e2YLJBU9QM_yh6sv7ptrthhtpe4m7abqnbusztu7wnpoklwqzcwuewockz8xdojavoyzi54.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_Mg2BAnFHs5_kffdp0zsgrn6scupdkunztaj1upfq20kdtv84vpmfyusnvx4vyvztpvgllbn.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_vTZdoO33T0_rnasc7h3kchmpqeay8kyk4jq4fg9ejy1jjjysur3loa9tqvujzsu1nk57ws7.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_sl7sucg14N_nq1i2yzi2hdzkuiasrxhg5vgva1ecb086r7avvxgwlqzvpmpdw2mjmsyugom.jpg)
प्रतिक्रिया