कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

काठमाडौ ।
कलाकार सलोन बस्नेतले त्रिभुवन पार्क भ्रमण गर्ने भएका छन् । नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध अभिनेता बस्नेतले यही चैत २८ गते, शुक्रबार बिहान ११ बजे थानकोटस्थित  शहिद स्मृती प्रकृती प्रतिष्ठान ( थानकोट त्रिभुबन पार्क ) भ्रमण गर्ने कार्यक्रम तय भएको थानकोट त्रिभुबन पार्क संयोजक शम्भुराज गिरीले बताए ।  गिरीका अनुसार कलाकार बस्नेतले पार्कभित्र रहेको थ्रि डि आर्ट म्युजियमको समेत अवलोकन गर्नेछन्।

भ्रमणका क्रममा पार्कका संयोजक शम्भुराज गिरी लगाएत पार्कका कर्मचारीहरुले बस्नेतलाई स्वागत गर्ने र त्रिभुवन पार्कको विशेषताहरु तथा ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउने कार्यक्रम रहेको संयोजक गिरीले बताए । 

प्रतिक्रिया

सम्बन्धित