२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक

रामेछाप ।
मन्थली टेकानपुरका २५ जना महिलाहरूले २०५५ सालमा मासिक १० रुपैँया जम्मा गरेर सुरु गरेको सहकारी संस्था अहिले ७० करोड ८१ लाख रुपैँयाको मालिक बनेको छ ।
मन्थलीको नवजागरण बचत तथा ऋण सहकारी संस्था अहिले १० हजार बढी सदस्यको साथी र सारथि बनेको छ । सहकारीको कूल शेयर पुँजी मात्रै ४ करोड ४३ लाख ९३ हजार पुगेको छ ।
सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार सहकारीको जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार रुपैँया जम्मा भएको छ । अन्य कोषमा ९० लाख रुपैँया छ ।
हाल सो सहकारीको बचत निक्षेप ५४ करोड ५० लाख रुपैँया रहेको छ । अहिले ३७ करोड ५२ लाख रुपैँया बढी ऋण लगानीमा छ । सहकारीमा ७ सय जना ऋणी सदस्य छन् ।
२०५५ साल साउन १२ गते मन्थलीको टेनकानपुरका महिलाले खरखाँचो टार्न सो सहकारी सुरु गरेका थिए । महिलाहरूले ७ वर्षसम्म गाउँमा सहकारी सञ्चालन गरे । गाउँमा सञ्चालन गरेको सहकारी सोचे जसरी फष्टाउन सकेन । सदस्य सङ्ख्या र कार्य क्षेत्र पनि त्यति बढेन ।
त्यसै बिच बजारका केही व्यवसायी र अगुवासँग सल्लाह गरेर सहकारी मन्थलीमा सारियो । २०६२ सालबाट सहकारी मन्थलीमा स¥यो । कार्यक्षेत्र बढ्यो, सदस्य सङ्ख्या पनि बढ्यो । अहिले सदस्य सङ्ख्या बढेर १० हजार ८० जना पुगेको छ भने कार्यक्षेत्र बढेर मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी तथा लिखु तामाकोसी गाउँपालिकासम्म पुगेको छ ।
सहकारीको आफ्नै सुविधासम्पन्न भवन बनेको छ । मन्थलीमा रहेको सहकारीको आफ्नै भवनबाट सहकारीले सेवा प्रवाह गर्दै आएको संस्थाका अध्यक्ष सोमेश थापाले जानकारी दिए ।
सहकारीले शेयर सदस्यलाई कारोबारमा सहज होस् भनि एटिएम सेवा सञ्चालन गरेको छ । त्यस्तै मोबाइल बैङ्किङ सेवा पनि सञ्चालनमा छ । मोबाइलबाट नै रकम ट्रान्फर गर्नका साथै बिजुली, खानेपानी लगायतका बिल तिर्न पनि मिल्छ ।
सहकारीले मन्थली लगायत बजारका व्यवसायीलाई क्युआर वितरण गरेको छ । जसले गर्दा सामान किन्न जाने उपभोक्ताले सोझै मोबाइलबाट नै रकम भुक्तानी गर्न सक्ने मन्थलीका व्यवसायी राकेश गुप्ता बताउँछन् ।
सहकारीले जीवित छदा बचत गराउने मात्र हैन बीमाको व्यवस्था समेत गरिदिएको छ । कुनै बचत सदस्यको मृत्यु भएमा उसलाई राहत स्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । यस बाहेक बचतकर्ताका परिवारका सदस्यहरूको मृत्यु भएमा राहत स्वरूप ३ हजार रुपैँया सहयोग गर्ने गरेको छ । मृत्यु भएको १३ दिन भित्रै परिवारलाई भेटेर दुःख साट्दै सहकारीले सो रकम हस्तान्तरण गर्ने गरेको छ । यति मात्र हैन कुनै पनि बच्चा जन्मिएको ६ महिना भित्र बाल बचत खाता खोल्न आएमा सो बच्चाको नाममा सहकारीको तर्फबाट ५ सय रुपैयाँ थप गरेर बचत गरिदिने गरेको छ । यस बाहेक गर्भवती तथा सुत्केरी सदस्यलाई सहयोग, ज्येष्ठ नागरिक तथा असल शेयर सदस्यहरूलाई सम्मान लगायतका सदस्य हितका कार्यक्रम सहकारीले गर्दै आएको छ ।
सहकारीका शेयर सदस्य बिरामी पर्दा उपचार गर्न लैजान विना धितो निब्र्याजी रकम दिने व्यवस्था पनि सहकारीले मिलाएको छ । यसले गर्दा आपतमा सहकारी, खुसीमा सहकारी अनि दुःखमा पनि सहकारी भएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_hZjpZmWi1V_rxls7cdno3kqoykk9yft0lpxbuheduylv0rhsj7oxnf0fgsddd9pg68sykia.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_BTltusVpNk_drjxprlq7wjlnye05gnl5lzlhhx2pggr3ube2siwgua6mwuq452klu0rdkvq.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_cHrzMut7dW_kkoqh3bzgit4plrnohesocnoqysrzroapni6jy52anhz5dxue4xksq4nclvy.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_KbKe5fwlJq_rgvpmh4jpqxfuanzcxplkvvkxrvcmbiwvcyo01uoohyircx5qownsyicvjsa.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_s5jUy3JiFl_jiwsmhx2z0mhrkanyjuolazxqmo4wgmcfr4lulrdpsjabaz7mpdlr5okpukh.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_pfKYjnLT35_7nfanjiiuxqauprungfdccudoxoqarjpevdwcdjuqk98zfblc33xomhez70f.jpg)
प्रतिक्रिया