दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने

काठमाडौं ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो ।

प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ । 
राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित