एलाइन्सले ल्यायो ल्यापटप, मोवाईल र कम्प्युटरको चिप लेबल तालिम
कसैले बेरोजगार बस्नु नपर्ने, दक्ष नभएसम्म सिक्न सकिने, अन्तर्राष्ट्रिय स्तरको ल्याव, छिटै सिक्न चाहनेका लागि होस्टल सहितको स्पेसल कक्षाको व्यवस्था
बेरोजगारीको समस्याले मुलुक यतिबेला ग्रस्त बनेको छ । दैनिक हजारौंको संख्यामा नेपाली युवहरु विदेशिन बाध्य छन् । काम र मामको खोजिमा विदेशिन वाध्य युवाहरुको अर्को मुख्य समस्या भनेको सिप नै हो । सिप विनाको जीवन असंभवप्रायस् छ । विना सिप खाडी मुलुक पुगेका नेपाली युवाहरुले ५० डिग्री भन्दा माथिको चर्को घाममा पसिना बगाइरहेका छन् । तर, यस विषयमा सरकार र सम्बन्धित निकाय भने मौन बसिरहेको छ । हातमा सीप भए वेरोजगार भएर बस्नु नपर्ने बताउनु हुन्छ एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टरका सञ्चालक दिपक पोखरेल । विदेमा जाने वित्तिकै पैसा कमाउन सहज हुन्छ भन्ने सोच्ने नेपाली युवाहरुलाई लक्षित गर्दै एलाइन्स प्रा।लि।का अध्यक्ष पोखेल भन्नुहुन्छ–‘विदेश गएर काम गर्न त्यति सहज छैन । बरु नेपालमा नै केही सीप सिकेर विदेश जाने पैसा लगानी गरेर आफ्नो काम गर्ने हो भने मनग्ये कमाई हुन्छ ।’ एसएलसी, प्लस टु तथा व्याचलर गरिसकेका कयौं युवाहरु अझै पनि वेरोजगार नै छन् । तर, पोखरेल भन्नुहुन्छ–तपाईहरु केही गर्न चाहनुहुन्छ भने एलाइन्स आउनुहोस्, हामी तपाईलाई दक्ष बनाउँछौं ।’ एलाइन्सले एसएलसी, प्लस टु तथा व्याचलरपछिको खाली समयमा तालिम प्रदान गरेर शत प्रतिशत रोजगारीको अवसर प्रदान गर्दै आएको छ । एलाइन्सले ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको छ भने नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ । एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाएर एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ । चिप लेबल तालिम प्राप्त गरिसकेका जो कोहीले पनि रोजगारीको अवसर प्राप्त गर्ने दावी गर्नुहुन्छ अध्यक्ष पोखरेल । यतिमात्र होइन एसएलसीपछि इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पनि एलाइन्सको तालिमले पूर्ण सहयोग गर्ने उहाँ बताउनु हुन्छ । एलाइन्सले बिजीए, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर नै विद्यार्थीहरुलाई ट्रेनिङ प्रदान गर्दै आएको छ । यस विषयमा विस्तृत जानकारी लिन चाहेमा तपाईहरुले अध्यक्ष पोखरेललाई सिधै सम्र्क गर्न सक्नुहुनेछ ।
एलाइन्सप्रति विद्यार्थीको प्रतिक्रिया तथा एलाइन्सका सञ्चालक दिपक पोखरेलले प्रकाशनमा ल्याउनु भएको चिप लेबल सम्बन्धी पुस्तक विमोचन कार्यक्रम
https://www.youtube.com/watch?v=9fMP1VM1hn4विद्यार्थीहरुलाई ट्रेनिङ प्रदान गर्दै दिपक पोखरेल ।
https://www.youtube.com/watch?v=gDS_aLwg2vUएलाइन्सले भित्र्याएका विभिन्न मेसिनहरुबारे विस्तृत जानकारी
https://www.youtube.com/watch?v=P_cI18UHnv4विस्तृत जानकारीका लागि
Alliance PVT. LTD. Building: 64, putalisadak, Kathmandu, Nepal Tel: .014168211, Mobile no. 9851174406, 9841030824 Email : [email protected] Website: http : //www.alliancelaptoptraining.com.np
प्रतिक्रिया