महायज्ञबाट ८० लाखभन्दा बढी संकलन : सो रकमले भक्तपुरमा मानव कल्याणधाम निर्माण गरिने

भक्तपुर ।
भक्तपुरको राधेराधेमा लगाईएको सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ अनुष्ठानबाट ८० लाख ४३ हजार ७ सय १६ रुपयाँ रकम संकलन भएको छ । मानव कल्याण समाज सेवा घरकी संस्थापक अध्यक्ष सुमी मानवको कथावाचनमा मानव कल्याण समाज झौखेलद्धारा आयोजित चैत्र २१ गते देखि २७ गतेसम्म लगाईएको सो महायज्ञबाट उठेको रकमबाट बेबारिसे सहयोगापेक्षी सडकमानवहरुको स्थायी वासस्थान निर्माण लगायत मानवीय सेवा प्रवद्र्धनको लागि प्रयोग गरिने महायज्ञ मूल समारोह समितिका संयोजक गोपीकृष्ण न्यौपानेले अवगत गराएका छन् ।
महायज्ञको सहआयोजक संस्था राष्टका लागि २ घण्टा अभियानका अध्यक्ष एवं महायज्ञ मूल समारोह समितिका सहसंयोजक मधु ढुगेंलले यस महायज्ञमा सबै सरोकारवालाहरुको उत्साहजनक सहभागीता रहेकोमा खुशी व्यक्त गर्दै महायज्ञको उद्धेश्यलाई पूर्णता दिन सम्पुर्ण जिल्लाबासी समक्ष अनुरोध समेत गरेका छन् ।
महायज्ञ मूल तयारी समितिका कोषाध्यक्ष नरेश रन्जितले २५ लाख १८ हजार ७ सय कूल खर्चबाट महायज्ञ सम्पन्न गरिएको बताँउदै ५५ लाख २५ हजार १६ रुपयाँ वचत गर्न सकिएको उल्लेख गरेका छन् । पवित्र मानवीय सेवाको लागि स्वस्फुर्त सहयोग,दान गर्नुहुने सम्पुर्ण सहयोगीमनहरुलाई धन्यवाद व्यक्त गर्दै संकलित रकमको सहि सदुपयोग हुने कोषाध्यक्ष रन्जितले प्रतिबद्धता व्यक्त गरेका छन् ।
झण्डै ४ हजार भन्दा बढीको सहभागीता रहेको महायज्ञमा जनप्रतिनिधिहरुको विशेष समर्थनबाट आयोजकलाई थप उर्जा मिलेको महायज्ञ मूल समारोह समितिका सचिव वेद प्रसाद खरेल बताँउछन् ।
कथावाचिका सुमी मानवले महायज्ञबाट कुनै किसिमको पारिश्रमीक नलिने उदघोष गर्दै भक्तजनहरुबाट चढाईएको भेटी र आयोजकबाट प्राप्त दक्षिणा गरि १ लाख ७६ हजार आयोजक संस्थालाई नै हस्तान्तरण गरेकी छिन् । महायज्ञको क्रममा स्थानीय निकायबाट जग्गा व्यवस्थापन र वागमती प्रदेश सरकारबाट भवन निर्माण लगायतको प्रतिबद्धताले १ वर्षभित्रमा यस कार्यले पूर्णता पाउने आयोजक संस्थाले जनाएको छ ।
वि.सं.२०७४ सालमा स्थापना भएको मानव कल्याण समाज सेवा घरले भक्तपुर,काठमाडौं,काभ्रे,बारा र दाङमा आफ्नो सेवा विस्तार गर्दै २१ सय भन्दा बढी सडकमानवको उद्धार गरिसकेको र सो सेवा केन्द्रहरुमा ५ सयभन्दा बढी हालसम्म आश्रयमा रहेको मानव कल्याण समाज सेवा घरका सचिव विजय कुमार पोख्रेलले जानकारी दिएका छन् । सचिव पोख्रेलले उद्धार गरिएका व्यक्तिहरुको स्वास्थ्य उपचार,पारीवारीक पूर्नमिलन,मनोपरामर्श,सक्षम र योग्य व्यक्तिहरुलाई विभिन्न किसिमका सीपमूलक तालिम,बालबालिकाहरुको उचित अध्ययन अध्यापनको व्यवस्था लगायतको सेवाहरु प्रदान गर्दै आईरहेको उल्लेख गरेका छन् ।
महायज्ञ अनुष्ठानको सहआयोजक संस्था ओम कृष्ण सेवा सदनका अध्यक्ष नबराज काफ्लेले चाँगुनारायण नगरपालिका,वडा नं ३,झौखेल स्थित तत्कालिन झौखेल गाविसका जनप्रतिनिधि स्वं कृष्ण प्रसाद दाहालले आफ्नो निजी स्वामित्व भित्र कायम रहेको ४ रोपनी १ आना क्षेत्रफल रहेको जग्गा असाहय,वृद्ध वृद्धाहरुको साहरा स्थल लगायत परोपकारजन्य गतिविधि सञ्चालनार्थ हस्तान्तरण गरिएकोे र हाल ओम कृष्ण सेवा सदनको नाममा रहेको सो प्राङ्गण भित्र मानव कल्याण समाज सेवा घरले २०७८ माघ १ गतेदेखि उद्धार गरिएका सडक मानवहरुलाई निःशुल्क आश्रय दिदैं आएको बताएका छन् । हाल सो स्थल भित्र निर्माण गरिएको ३ वटा पक्की भवन रहेको स्थायी संरचनामा आवाश्यकीय ट्रष्ट थप गरि सहयोगापेक्षी सडकमानवहरुलाई सेवा सदनबाट संरक्षकत्व प्रदान गरिदै आएको उल्लेख गर्दै अध्यक्ष काफ्लेले सो कार्य सेवा सदन र मानव कल्याण समाज सेवा घर विचको आपसिक समन्वय र सहकार्यमा सञ्चालन हुँदै आईरहेको अवगत गराए ।
समाजसेवी गोपीकृष्ण न्यौपानेको संयोजकत्वमा सहसंयोजकत्रय मधु ढुङ्गेल अन्जनादेवी मधिकर्मी र जुना वस्नेत,कोषाध्यक्ष नरेश रन्जित,सचिव वेद प्रसाद खरेल लगायत पत्रकार, भक्तपुर जिल्लाभित्रका विभिन्न संघसंस्थाहरु,समाजसेवीहरु,बुद्धिजीविहरु रहेको एक मूल समारोह समिति १५ दिन अगाडि गठन गरि महायज्ञ तयारीमा जुटिएको थियो ।
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_HfvW8GbMJD_drgkstlf8n3xvxdbak71oj9t2o8p0aqjc0e7mbztaozunrxraqx3dwqzts7p.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_WSwEY9nOeh_iknzmwg3gwk8niurhbutw7v38jcwxs0iur0pn3hbzx8yxtu7gueclgzoazux.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_qhGvCTQBFa_udtrmq8qavm1lkaqrkk0uk86jxwu7atviu0ryhae98bkxqfc2w8n5kmpipcq.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_AdCFI5segK_dcmpjq0efv4wdnkzu0apnebc2zjitrmhz9grjbmm4sxal3scsuclcellacgu.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_kRXOAtX9PH_tqhfa6zmc2jyujd2nmulz7ampdj94coonieskbf58z7qfw2pwrfwc66xjguz.jpg)
बिरगन्जमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी
_1LdSFIPg9a_r7kinwpivsqbyf2d4poxxagidlqyacgfseicevx61cpttmm76quggyx2sttq_18zwDolMYg_hkoaicao3zf3a3qbacd70valtk4a39lrmv9sok47tsbxpuxhmo6yj45w47cp.jpg)
नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै
%2520(9)_kpiD5nC5kb_onala5lkx33t8ykcoq57clbsf5clp56u7urufuek4yvoueaimtdebh4xntzd_soeeJe7i2F_hxbfknnkcwgb2n7qfikubj4vyy3eqg8b4wrmquhuuf1dy1rfbwks17p5ljzi.jpeg)
कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
%2520(13)_ohOE7DaTLE_usf5xfpl7afxr8i0ljsszzmt2dipoyf5l3z4ha2hxya4tioh83yd3qdmgc8g_fXBHF0ojmi_4imc1ezdynvoccd14vmvapvjws1d5f5rdx1bkwh8e457vtmy682s9uh2chr2.jpeg)
प्रतिक्रिया