पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
काठमाडौं ।
नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।
राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो
विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
प्रतिक्रिया