कफ्र्युले बिरगंज सुनसान, सेना परिचालन
%2520(13)_ohOE7DaTLE_usf5xfpl7afxr8i0ljsszzmt2dipoyf5l3z4ha2hxya4tioh83yd3qdmgc8g_HecdBHD5KN_19isrj9ceetumox2usgau0rggo3m2xyq2spigzf6ibovk2st7wjmjbamlsde.jpeg)
दिपेश पौडेल /रौतहट
पर्सा ।
पर्सामा दुई पक्ष बिच झडप भएपछि लगाइएको कफ्र्युका कारण आईतवार बिहान बिरगंज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।
दुई पक्ष बिच झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु लगाएको हो । अहिले पनि कफ्र्यु जारी छ भने सडक तथा चौकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कफ्र्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरीएको पुष्टि गरेका छन । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको हो । पुर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म कफ्र्यु आदेश जारी भएको उनले जानकारी दिए । बिरगंजको अवस्था हेरेर कफ्र्युको समय थप गर्ने वा नगर्ने निणय लिइने उनले बताए ।
हिजो भएको झडपमा पर्साका प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र सिंहसहित २५ जना घाइते भएको बुझिएको छ । प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको सिडिओ अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए ।
यो सँगै कफ्र्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । वीरगन्ज–१६ का वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु अवधिभर सर्वसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । तर, दमकल, खानेपानी आपूर्ति, बिरामी बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, दूध बोकेको गाडी तथा पूर्व निर्धारित परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्रवेश पत्र देखाएर आवतजावत गर्न छुट दिइएको छ । दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन् ।
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_3swrCIS5QF_plr6zkkubasvkqmxgammwg5tdzowf7zhpcvjq7hgco6fcw4iohd23keiwkbe.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_gDSXVZ4T9v_9be4x7wmtytw3sqr6mgmteet39lrb534lhtw5ulfzm1os8ly7oigj0iamzhe.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_19QnrU3Ee0_3taxnx5q3f0gijdxcjdxpd9dsg56fbskuudifhfp0iqvymvmxzjkhebrwvrx.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_66yBqmwDgK_zlcxwreequmdujg0sqso8eahw1dib7brhmh1n6ibu4wxcugqmprxyw7ckkta.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_wGXSFyWi0c_8touktdgqmchenivdtxcumqahzv15zi4twvwcaeshnbl0xfy6dzmnyjv892k.jpg)
बिरगन्जमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी
_1LdSFIPg9a_r7kinwpivsqbyf2d4poxxagidlqyacgfseicevx61cpttmm76quggyx2sttq_bWej99NhP2_23cajopetw4nczrj4wlejcfbqz8uorslfhujpb9daewh3vcfxhwvjpvrbivv.jpg)
नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै
%2520(9)_kpiD5nC5kb_onala5lkx33t8ykcoq57clbsf5clp56u7urufuek4yvoueaimtdebh4xntzd_AN2wV43tQJ_5qwvo6msatgz4olu93nnpacjngg5jk6vrmgcwty6sa4wowcdxu1rjjojdtjk.jpeg)
कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
%2520(1)%2520(5)_vv00BYVTNA_mk8ey1lih5qho7zt0exbyfmehatklandlw5xuezw6u3ptg7qlbbvercvhm0y_kRREYUor5Z_13ild91exr1ldfqfbwsll4ty4dwbfdjxjoicbi06tixvmfqr6akfjmwg7u4t.jpg)
प्रतिक्रिया