बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7VaTj246Rq_9tbzlkueshlpa0ak5xcggyc5wro6wcgwwej7zxpchqkdpgpj8ukmbqkvszg5.jpeg)
काठमाडौं ।
वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरुको प्रदर्शनी गरिएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो ।
यस्ता नृत्यहरु बज्राचार्यहरुले गुप्त रुपमा गर्ने गरेका छन् । महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो । देवीदेवताको भावमा देव कलाकारहरुले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए ।
उनीहरुको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चवुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो । षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति भएका १६ देवीहरुको भाव नृत्यको हो । देवीहरु मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो ।
नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौँको असनमा छ । आठ वटा हातमा शक्ति लिएकी तीनवटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रुपमा प्रख्यात छ । उनले आफूसँग भएको शक्तिलाई प्राणीहरुको अहित गर्नेहरुको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वाश गरिन्छ । अन्नले भरिएको कलश अन्नपूर्णको बिम्ब हो ।
उपत्यकामा भएको पानीको ठूलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्ती योग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । पहेँलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, वायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई वुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रुपमा हेर्ने गरिन्छ ।
आर्यतारा देवीले आँखाबाट जगतलाई डरमुक्त गराउने, शान्त, स्वच्छ र निर्मल भएर प्राणीहरुलाई अकाल मृत्यबाट बचाउने नारी शक्तिका रुपमा पूजा गरिन्छ । हरियो वर्णकी देवी ललित आसनमा हुन्छिन् । देवीले श्रद्धालुहरुलाई बुद्ध ज्ञानबाट पारङ्गत गराउँछिन भन्ने विश्वास पाइन्छ । दुःख पाएकाहरुलाई करुणा राख्ने, दया गर्ने देवी वज्रयोगिनी नृत्य आकर्षक थियो । प्रत्यालिंधा आसनमा बसेर ताण्डव नृत्य गर्ने देवीले राग, द्वेष र मोह त्यागेर मोक्षको बाटो देखाउने विश्वाश गरिन्छ ।
रक्त गणेशलाई जगतको पालनाकर्ता र रक्षकका रुपमा अर्चना गरिन्छ । दशवटा पाखुरामा उहाँको शक्ति हुन्छ । रक्त गणेशलाई सुखदाताका रुपमा पनि पूजा गरिन्छ ।
अबलोकितेश्वर चर्या, जगत पालनासँग सम्बन्धित देवनृत्य हो । दायाँ हातमा अभय वरदान, वायाँ हातमा निर्मल, निलो रङ्गको कमलको फूल लिएका अवलोकितेश्वर प्राणी रक्षार्थ ३ लोकमा विराजमान भएको विश्वाश गरिन्छ ।
बुद्ध शासनको रक्षाका लागि प्रकट हुनुभएका बज्रपाणी बोधिसत्व चर्या नृत्य प्रस्तुतिले उपत्यकाबासीको धार्मिक आस्थालाई विम्बका रुपमा प्रकट गरेको थियो । दायाँ हातमा बज्र र वायाँ हातमा घण्ट लिएका बोधिसत्वको रङ्ग निलो हो ।
वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चवुद्ध हुन् । प्रत्येक वुद्धका अन्तरनिहित विशेषता छन् । हरेका आफ्नै रङ्ग, मुद्रा, दिशा र अन्तरदृष्टि छन् । बौद्ध धर्माबलम्बीहरुका लागि पञ्चवुद्धको स्थान उच्च छ । बिध्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_tLqlHsNArK_zi9nln89qoqntsxaczmiq3pkngwnavlizec9xqwttc6kdtjzhoubjcyiso0p.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_6xu3yNcmQh_dzrugri2llrdp3pjqwptpufyiux28lhsddfrcvxz6n318sxceihg5hy08hw8.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_KcvsE8RUrZ_4z3jcluzx23ws0jwt7vqfwstv9rj1jckiozvc6byusnfhn1aekdhrwjwvvf3.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_9kzUVSgnxU_ab2csxllswhgkugdjcb49a5ezoyuyxdhxons1vcz7vzszymoantkdvm2rlsg.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_v2lnXhdpQd_1dslyuwzrugqnhbhilew5mjgoexwdjdzuwmlnmaf46m5u3v7n2lvtzff18ib.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_46JosS2342_r6t5kuht6i2xdlndkbaeknoftxdls1f4wtmexbesna1dloqev3jzcpoqkhg0.jpg)
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन् : राजेन्द्र श्रेष्ठ
%2520(20)_MVtiMcMqbz_wr5xdkklprtc7o5jtct9lt8zuuhv2orcopjnezzsflld61cti0scdwp5ixjt_87yOiHQLnk_3ytmmgl6vfc2kgegnhgkig3gxqdohsoa6fcupyluobcdtzwebbjilacc6u7d.jpg)
प्रतिक्रिया