कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य

इटहरी ।
कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले गरिसकेका छन् ।
नयाँ वर्षका दिन शुभारम्भ गरिएको कोशी पर्यटन वर्षका लागि एक सय बढी गन्तब्यहरु सरकारले नै तयारी गरिसकेको छ । ८२ गन्तब्यहरुको पहिचान गरि सूची नै तयार भएको छ । नयाँ गन्तब्यहरुको पहिचान गरी सोही अनुसारको पूर्वाधार विकासमा प्रदेश सरकारले योजनाहरु अघि सारिसकेको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाएर प्रदेशलाई समृद्ध बनाउने अभियानमा लाग्न अपिल गरेका छन् ।
यसै सिलसिलामा कोशी प्रदेशमा रहेका संभावना बोकेका र धेरैको रोजाइमा परेका प्रमुख १० पर्यटकीय गन्तव्यहरुको सूची नेपाल न्यूज बैंकले तयार गरेको छ । प्रदेशमा रहेका १४ जिल्लामध्येबाट छनौट गरिएका गन्तव्य यसप्रकार छन् :
पाथीभरा
ताप्लेजुङको पाथीभरा कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । चीन र भारत दुवैसंग सिमाना जोडिएको जिल्ला ताप्लेजुङको पाथीभरा खासगरी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छ । समुद्री सतहबाट करिब ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभराका साथै मुकुलुङमामा आफ्नो मनोकामना पूरा हुने विश्वासले यहाँ दर्शन गर्न आउने गरेका छन् । हरियाली वनजंगल, सुन्दर हिमालको दृष्यावलोकनका साथै सांस्कृतिक विविधताले समेत भरिर्पूण पाथीभरा क्षेत्रमा तपाईको गन्तव्यलाई थप मनोरम बनाउन मद्दत पुग्ने नै छ ।
मेची राजमार्गको सवारी यात्रा त्यसपछि तीन चार घण्टाको पैदलपछि मन्दिर पुग्न सकिन्छ । उच्च हिमाली भेगमा रहेको यस धार्मिक पर्यटकीय गन्तव्यलाई सफल र मनोरञ्जनात्मक बनाउन तातो लुगा, वर्षातको तयारी, औषधि र आवश्यक खाद्य सामग्री जरुरी पर्छ ।
हलेसी
तीन धर्म (हिन्दू, बौद्ध र किरात) को संगमस्थल खोटाङ जिल्लामा अवस्थित हलेसी प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्छ । समुन्द्र सतहबाट १ हजार ४४४ मिटरको उचाईमा रहेको हलेसी हिन्दूहरुका लागि पूर्वको पशुपतिले समेत परिचित रहेको छ ।
किरात समुदायको आदिम भूमि, बौद्धमार्गीहरुका लागि दोस्रो लुम्बिनी आफैंमा प्राकृतिक दृष्टिले समेत यात्रा गर्नैपर्ने स्थानका रुपमा लिन सकिन्छ । यहाँ पनि आफ्नो मनोकांक्षा पुरा गर्नका लागि वर्षेनी लाखौं पर्यटक आउने गर्दछन् । सवारीसाधनको प्रयोगबाटै पुग्न सकिने हलेसी सहज गन्तव्य समेत बन्न सक्छ । हलेसी क्षेत्रमा आवश्यक वासस्थानको समेत उचित व्यवस्था रहेको छ ।
बराहक्षेत्र
धरतीको पहिलो धाम सुनसरीस्थित बराहक्षेत्र धाम पनि यात्राका लागि प्रमुख गन्तब्यका रुपमा पर्न सक्छ । तराईकै जिल्लामा अवस्थित रहेर पनि बराहक्षेत्र यात्राका लागि त्यति कठिन छैन । हिन्दूहरुका लागि प्रमुख धार्मिक गन्तब्य बराहक्षेत्र उचित मान्न सकिन्छ । यात्राका क्रममा खुवालुङ क्षेत्रका साथै हरियाली वनजंगल र सप्तकोशीको सुन्दर रसपानले मनै आनन्दित हुने दृष्य समेत देख्न सकिन्छ । जुनसुकै समयमा पनि आउन सकिने बराहक्षेत्रमा खासगरी कात्तिक पूर्णिमा, मकर संक्रान्ति, विभिन्न एकादशीहरुमा समेत मेला लाग्ने गर्दछ ।
भेडेटार
धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा रहेको भेडेटार कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यातायातको सहज पहुँच, चिसो सुन्दर हावापानी, भौतिक संरचनाका साथै रमणीय ठाउँहरुको अवलोकनका लागि मानिसहरु भेडेटार आउने गर्दछन् । स्काईवाक, जिपलाईन, नमस्ते झरना, राजारानी पोखरी, त्यहाँको पाथीभरा मन्दीरको दर्शन, भ्यू टावरका साथै होमस्टेको लागि भेडेटारलाई यात्राका रुपमा गन्तब्य बनाउन सकिन्छ । प्रदेशको राजधानी विराटनगरबाट मात्र ४३ किलोमिटर उत्तरमा रहेको भेडेटार सहज र सुलभ पर्यटकीय क्षेत्र समेत हो । यस क्षेत्र अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रुपमा लिन सकिन्छ ।
इलाम
कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला इलाम आफैंमा एक पर्यटकीय एक पर्यटकीय गन्तब्य हो । कोशी प्रदेशलाई सुर्योदयको प्रदेश भनिएझैं इलामबाटै सुर्योदय हेर्न सकिन्छ । विहानीको सुरुवात नै इलामले गर्ने भएकाले पनि इलाम आफैंमा विशेष छ । चिया बगान, अन्तु डाँडा, सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का जस्ता पर्यटकीय गन्तब्य इलामले प्याकेजका रुपमा पाएको छ । यसका अलावा इलामलाई अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रुपमा लिन सकिन्छ । होमस्टे, होटलका साथै रिर्सोटहरु समेत उचित प्रवन्ध भएको इलाम मेची राजमार्ग हुँदै यातायातको समेत सहज पहुँच राख्न सकेको छ । अनुकुल हावापानी र रमणीय दृष्य र न्यानो आतिथ्यताले समेत मन लोभ्याउन सक्छ ।
साल्पा पोखरी
साल्पा पोखरीलाई प्रदेशको प्रमुख गन्तव्यका रुपमा लिन सकिन्छ । भोजपुर जिल्लामा रहेको हिन्दू, बौद्ध र किँरात धर्मालम्वीहरुको प्रमुख गन्तव्यका रुपमा लिइने पोखरी प्राकृतिक विविधताले भरिपूर्ण छ । तीन हजार ४ सय ४३ मिटरको उचाइमा रहेको पोखरीको यात्रा भने त्यति सहज छैन । मुन्धुम ट्रेलले समेत जोडिने यो पर्यटकीय गन्तव्यमा जाँदा केही योजना बुनेर जानु उत्तम देखिन्छ । पैदल यात्रा र पहाडी भेगलाई समेत बुझ्न सकिएमा यहाँको यात्रा रमणीय र आनन्दित हुन्छ । यात्राका क्रममा देखिने प्राकृतिक संरचनाका साथै हावापानी र मौसमले मनै आनन्दित तुल्याउँछ । यसलाई ट्रेकिङ गन्तब्यका रुपमा अपनाउन पनि सकिन्छ ।
नाम्चे बजार :
हिमाली जिल्ला सोलु आफैंमा पर्यटकीय गन्तब्य भएको जिल्ला हो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको मुख्य गन्तब्यका रुपमा नाम्चे बजारलाई लिन सकिन्छ । पद यात्राका लागि समेत महत्वपूर्ण मानिने यो बजार सगरमाथा सहितका हिमशृङ्खलाको दृष्यावलोकनका साथै शेर्पा समुदाय र हिमाली रहनसहन बुझ्नका लागि नाम्चे बजार जानुपर्ने मुख्य गन्तब्य पर्न सक्छ । तीन हजार ४४० मिटरको उचाईमा रहेको यस क्षेत्र जाँदा विषेश योजनाका साथ जानका लागि आवश्यक छ । सडक मार्गबाट सल्लेरीसम्म पुग्ने र त्यसपछि पाँच दिनको ट्रेकिङ गर्न सकिन्छ । हवाईबाट काठमाडौं–लुक्ला उत्रिसकेपछि थप गन्तब्यहरु तय गर्न सकिन्छ ।
मुन्धुम ट्रेल :
खोटाङ, भोजपुर र संखुवासभा जोडिएको यो ट्रेकिङ गन्तब्य पर्यटन वर्षको रोजाइमा पार्न सकिन्छ । खोटाङको दिक्तेलबाट सुरु हुने यो ट्रेक यात्रा संखुवासभाको सिलिचोङमा पुग्न सकिन्छ । किरात सभ्यता संस्कृतिका साथै पहिचान बोकेको यो मार्गले पर्यटन वर्षलाई स्वागत गर्न सक्छ । कम्तिमा १० दिनको यात्रा योजनाका साथ गाउँका परिवेश बुझ्नका लागि पनि यो योजनाबद्ध पर्यटकीय गन्तब्य हो । पहाडी, हिमाली भेग र त्यमाथि पैदल यात्रा हुने हुँदा आवश्यक ट्रेकिङ गाइडका साथ गएमा आवश्यक सहजता प्रदान गर्दछ ।
बसन्तपुर :
गुराँसको राजधानी समेत भनेर चिनिने तेह्रथुम आफैं पनि पर्यटकीय गन्तव्य हो । नेपालको राष्ट्रिय फूलको अवलोकन, पहाडी हावापानीको अनुभवका लागि त्यहाँ जान सकिन्छ । बसन्तपुर जिल्लाको व्यापारिक केन्द्र समेत हो । तराईबाट सहज ढंगबाट पुग्न सकिने बसन्तपुर घुम्न लायक गन्तब्य हो ।
केचनाकवल :
होचो भूभाग भनेर चिनिने केचनाकवल पनि अवलोकनका लागि धेरैलाई उत्सुक हुन सक्दछ । झापामा रहेको केचनाकवल समुद्री सतहबाट ६० मिटरको उचाइमा छ । यात्राका लागि सहज पहुँच रहेको यो गन्तब्य घुम्नका साथै कृषिभण्डार मानिने तराईको क्षेत्र अवलोकनका लागि केचनाकवललाई रोज्न सकिन्छ ।
खेमराज सापकोटा /नेपाल न्यूज बैंक
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_vA9zPRiA4A_wajj9sjrdxewvof1e5mgwmd3zjdlnqz1cvgrlp1fdtjtn00zgv643lkbgkhn.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_7dO0yat1qv_getboifybdcg6r96yxq5mdvwisho4mgdq1sz5qs5qobu0dagq5bbqvdnryhv.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_ykfw6VkPXB_ljqhkmfppfutmxswyqw2qrkj1nmzdqqtlklfjty3etydvbjf8cmpleaommiw.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_HHMujYOXnI_uwcqoufaim63rez4bqykudfemnuqrwugazu325mux7tskdjyc3xrbl5gxpya.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_kn767xt6cl_pmhbwtmrcxbpayfbv8qgubyuayvizuv9duj74pb7vhvn1r3aopt0xr50thnd.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_ccSs72yHDo_vnbsxdnwfyehneel5dqkxqyrpom8co2y3f08gbrplnyodxxkojdwzsxbqwze.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_Su81xEsnHJ_fuqufdkazrdvp5na3iuyx0jsevpgalqlkudsdtr93ej9hz4qgwp1ihmn5kj4.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_aaTdRDgEUW_kemh6xuxs8cybzyvnnvayby4k9rzdezixyinfelbrkujkn0suehvzqn3sw0k.jpg)
प्रतिक्रिया