बालुवाटारमा 'ओली एक्सप्रेस' सरर !

oli sarkarकाठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार अगाडिको सडकमा रोबोट मार्फत 'ओली एक्सप्रेस’ लेखिएको नक्कली पानीजहाज  गुडाएका छन् । प्रधानमन्त्री केपी ओलीले नेपाली ध्वजावाहक पानीजहाज चलाउने भनेको कुराप्रति व्यंग्य गर्दै नेविसंघका नेताहरुले सोमबार  बालुवाटार अगाडि रोबोटसहित प्रदर्शन गरेका हुन् ।

 महंगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर प्रधानमन्त्रीले  पूरा हुनै नसक्ने खालका योजनाहरु पस्कने गरेको भन्दै नेविसंघका नेताहरुले नक्कली पानीजहाज  गुडाएर बिरोधको सुरुवात गरेका हुन ।

  प्रधानमन्त्री ओलीलाई हास्य पात्र बताइरहेका छन् भने केहीले सपना देखाउनु राम्रो हो भन्ने सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।प्रधानमन्त्री ओलीले समेत विकासका कुरा गर्दा आफूमाथि व्यंग्य गरिएको भन्दै चित्त दुखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित