पार्टीको बिधान मिच्दै देउवा

deauwa लिलाराज खनाल ,

काठमाडौं । कुनैंबेला तत्कालिन सभापति सुशील कोइरालाले पार्टीको बिभिन्न निकायको गठन गर्न र तिनलाई पूर्णता दिन ढिलाई गरेर पार्टीको बिधान मिचे भन्दै सत्तो सराप गर्ने पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला बिधान मिच्नमा अगाडि देखिएका छन् । पार्टीको १२ औं महाधिवेसनबाट सभापतिमा बिजयी भएका तत्कालिन सभापति शुसिल कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई प्रस्ताव गर्दा एकातिर त्यस्तो प्रस्तावलाई पारित हुन नदिने र अर्कोतिर पदाधिकारी चयनमा ढिलाई गरेर बिधान मिचे भन्दै आरोप लगाउने देउवा यतिबेला कोइराला भन्दा नालायक सावित भएका छन् ।

१३ औं महाधिवेसनबाट सभापतिमा बिजयी भएपछि देउवाले पार्टी केन्द्रीय कार्य समितिमा सातजनालाई मनोनित गर्ने बाहेक सिन्को पनि भाँच्न सकेका छैनन् । काठमाडौंमा गत फागुन अन्तिम साता भएको पार्टीको महाधिवेसनबाट सभापतिमा निर्वाति पार्टी सभापति देउवाले नेपाली कांग्रेसको बिधान २०१७ (सातौं संशोधन) को दफा ४९ को उपदफा १९ बमोजिम महाधिवेसन भएको दुई महिनाभित्र पार्टीको सबै तहको बिभाग/समिति/बिभिन्न निकाय गठन गरिसक्नु पर्नेछ । तर फागुनको अन्तिम साता भएको महाधिवेसनबाट देउवा २४ फागुनमै सभापतिमा बिजयी भएको घोषणा गरिएको थियो ।

तर सबै केन्द्रीय सदस्यहरुको मतगणनाको परिणाम आउन ढिलाई भएपछि चैत १ गते बिजयी भएको प्रमाणपत्र सबै निर्वाचितले प्राप्त पनि गरेका थिए । सुशीलले बिधान बमोजिम केन्द्रीय कार्य समितिलाई पूर्णता दिन र सबै बिभाग गठन गर्न सकेनन् भनेर सँधै आलोचना गर्ने देउवा कहिले आफु संसदीय फाँटमा बढी क्रियाशिल हुनु परेकोले पार्टी संगठनमा क्रियाशिल हुन नपाएको बहाना गर्छन । कहिले नेता रामचन्द्र पौडेल देश बाहिर (संयुक्त राज्य अमेरिका) रहेकोले सल्लाह गर्न नपाएको त कहिले प्रमुख प्रतिपक्षको रुपमा संसदमा भूमिका बढी महत्वपूर्ण भएकाले पार्टी संगठनमा लाग्न नपाएको बहाना गर्ने गरेका छन् ।उपसभापतिमा तीन जना र महामन्त्रीमा ५ जनाको दाबी भएपछि देउवा पार्टी बिधान मिचेरै भएपनि पदाधिकारी मनोनित नगरी तैं चुप मैचुपको भूमिकामा छन् ।

उपसभापतिमा चर्चित नेता खुमबहादुर खड्का, पूर्बउपसभापति गोपालमान श्रेष्ठ र १२ औं महाधिवेसनमा महामन्त्रीमा पराजित बिमलेन्द्र निधिले दाबी गरेका छन् । यि तीन मध्ये कुनैं एकलाई उपसभापति बनाउने बित्तिकै दुई नेता असन्तुष्ट हुने पक्का छ ।त्यस्तै, महामन्त्रीमा पूर्बसहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, वालकृष्ण खाँड, एनपी साउद र डा. प्रकाशशरण महतले दाबी गरेका छन् । यि पाँचमध्ये कुनैं एकलाई मात्र महामन्त्री बनाएमा वाँकी चार जना असन्तुष्ट मात्र होइन बिरोधी हुने पक्का छ । यदि उपसभापतिका तीन दाबेदारमध्ये एकलाई उपसभापति, एकलाई महामन्त्री र एकलाई संसदीय दलको उपनेता बनाएपनि देउवा प्यानलका महामन्त्रीका आकांक्षी पाँचै जना बिरोधी हुने देखिन्छन् ।जसले गर्दा पार्टी भित्रको आन्तरिक कलह र असन्तुष्टीलाई समन गर्न सकिन्छ कि भनेर देउवाले पार्टी बिधान मिचेर भएपनि सरकारमा पार्टीको सहभागिता भए मन्त्री बनाएर फकाउने दाउमा रहेका छन् । जसले गर्दा देउवाले हालसम्म पार्टीका कुनैं पनि निकायलाई पूर्णता त के गठन समेत गर्न सकेका छैनन् । कांग्रेस बिधानमा ८५ सदस्यीय केन्द्रीय कार्य समिति र २७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति, १५ सदस्यीय संसदीय समिति, ज्येष्ठ राजनीतिज्ञ सभा, लेखापरिक्षण समिति, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय निर्वाचन समिति र अनुशासन समिति रहने व्यवस्था छ । तर पार्टी सभापतिमा निर्वाचित भएका देउवाले नेतृत्व लिएको दुई महिना बितिसक्दा एउटा पनि निकायलाई पूर्णता दिन सकेनन् । महाधिवेसनपछि देउवाले केन्द्रीय कार्य समितिमा ७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने बाहेक कुनैं पनि निकायलाई पूर्णता दिनु त परै जाओस्, गठन समेत गर्न सकेका छैनन् ।‘पार्टी संसदीय दलको निर्वाचन गर्नु पर्ने भएकाले संसदीय फाँटमा उहाँ बढी क्रियाशिल हुनु भएको हो’, देउवानिकट केन्द्रीय सदस्य मीन बिश्वकर्माले युनाईटेड पोष्टसँग भने–‘नेता रामचन्द्र पौडेल बिदेशमा भएकाले उहाँसँग सल्लाह गरेर मात्र निर्णय गर्नु हुन्छ ।’ पार्टी भित्रको आन्तरिक गुट, उपगुट, असन्तुष्ट नेताको समायोजन र व्यवस्थापन जस्ता बिषयमा गृहकार्य गर्दा समेत सहजता नभएपछि सभापति देउवा पार्टीको १३ औं महाधिवेसनमा सभापतिका प्रत्यासी पौडेलसँग सल्लाह गरेर मात्र पहिलो चरणमा पदाधिकारी नियुक्तीमा लाग्ने भएका छन् । पार्टी बिधान बमोजिम उपसभापति, महामन्त्री र सहमहामन्त्रीको चयन सभापतिको प्रस्ताव बमोजिम निर्वाचित केन्द्रीय कार्य समितिले गर्ने छ । स्रोतका अनुसार सभापति देउवाले पहिलो चरणमा संसदीय दल कार्य समितिलाई पूर्णता दिने गृहकार्यमा रहेका छन् । त्यसका लागि देउवाले संसदीय दलको उपनेतामा गोपालमान श्रेष्ठ वा केबी गुरुङमध्ये एकजनालाई चयन गर्ने योजना बनाएका छन् ।देउवाले उपनेताबाहेक प्रमुख सचेतक, सचेतक, संसदीय कार्य समिति सदस्यहरु मनोनित गर्न र संसदीय कार्य समितिका सदस्यहरुलाई बिभागिय जिम्मेवारी समेत दिने योजनामा रहेका छन् ।सभापति देउवाले दोश्रो चरणमा मात्र पार्टी पदाधिकारीको नाम प्रस्ताव गर्ने भएका छन् । क कसलाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा प्रस्ताव गर्ने भन्ने बिषयमा सभापति देउवाले कोहीसँग पनि शेयर गरेका छैनन् । बिधान बमोजिम संसदीय समिति गठन र केन्द्रीय कार्य समितिलाई पूर्णता दिएपछि मात्र पार्टीले पूर्णरुपमा कार्य गर्न सहज हुने नेताहरु वताउँछन् ।विगतमा कोइराला नेतृत्वमा पार्टी संगठनले बिधान बमोजिम संगठनलाई पूर्णता नदिएको भन्दै असन्तुष्टहरुको नेतृत्व गरेका देउवा यतिवेला भने आफै बिधान बमोजिम अघि बढ्न सकिरहेका छैनन् । देउवासँग सभापतिमा पराजित पूर्ब उपसभपाति रामचन्द्र पौडेल निर्वाचनमा पराजित भएपछ एकमहिनादेखि संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित